इटहरी । ५४ औ अन्तराष्ट्रिय बालदिवसको अवसरमा इटहरीको आपगाछीस्थित रहेको श्री राष्ट्रिय उच्च मावि इटहरीले बाल दिवसको अवसरमा थप नँया भवनको उद्घाटन तथा पुरस्कार बितरण संगै सिलान्यस गरेको छ । प्रदेश एकका सामाजिक बिकास मन्त्रि जिवन घिमिरेले भवनको उत्घाटन गर्दै श्री राष्ट्रिय उच्च मावी प्रदेशकै नमुना बिद्यालय भएको बताएका छन् ।
मन्त्रि घिमिरेले सामुदायीक बिद्यालयको भौतिक संरचना देखि पठनपाठन सम्म स्तरउन्नति भएका कारण राष्ट्रिय उच्च मावी नमुना हुन लायक भएको बताएका हुन् । बिद्यालयले जिल्ला शिक्षा कार्यलयको सहयोगमा ४९ लाख १८ हजार २ सय ६५ बराबरको लागतमा चार कोठे भवनको उद्घाटन गरेको छ भने बिभिन्न प्रयोजनको लागी भवन शिल्यानाश समेत गरेको छ ।
यसै शैक्षिक सत्रमा समेत बिद्यार्थीको चाप बढेको र बिद्यालयको क्षमता भन्दा बढि बिद्यार्थी भएका कारण धेरै अभिभावकलाई फर्काउन बाध्य भएको प्रधानध्यापक सरन कुमार बस्नेतले बताए । बिद्यालयलाई अझ प्राबिधिक युक्त बनाउनका साथै पठनपाठनको गुणस्तरलाई समेत बिस्तार गरिने बताएका छन् । हाल सम्म एसइइमा उत्कृष्ट नतिजा ल्याउने तिन जना अन्तिम राई, सागर खतिवडा र राज बिसीलाई पुरस्किृत समेत गरिएको थियो ।

तपाईको प्रतिक्रिया