मदन अधिकारी / प्रकाशपुर बराहक्षेत्र नगरपालिका वडा नम्बर ११ मा रहेको हेल्पोसका कर्मचारीले स्थानिय सरकारलाइ नटेरेको तथ्यांक सर्वजनिक भएको छ । हाल स्थानिय सरकारलाई कर्मचारी व्यवस्थापन र परीचालन गर्ने अधिकार दिएको भएतापनि यस मधुवन स्वास्थ्य चौकिका कर्मचारीले नटेरको गुनासो वडा अध्यक्ष केदार विष्टले वराह खवर संग गरेका छन् । भदौ २१ गते वाट विना जानकारी अनमि रमा दाहाल विदामा रहेकि छन् । दाहालले जिल्ला जनस्वास्थ्य संस्था बाट आदिकारीक पत्र नलिइ फोटो कपि पेपर ल्याए पछि सरुवा लेटर दिन नसक्ने बताएका थिए । हेल्थ असिस्टेन धर्मान्द भट्ट भन्छन् रमा दाहालले जिल्ला जनस्वास्थ्य बाट आधिकारीक लेटर लिएर आउनु भएन फोटो कपि मात्र लिएर आउनु भयो हामिले फोटो कपिलाइ आधिकारीक मान्न सकेनौ र रमाना पत्र बनाउन नसकेको बबताए । यसमा अर्को मुख्य कुरा के पनि छ भने कुनै कर्मचारी सरुवा हुदा बरबुझारक गर्न जरुरी हुन्छ तर रमा दाहालले हाल सम्म बुझबुझारक गरेकि छैनन् । यता वडा अध्यक्ष विष्टले कुनै कर्मचारी यदि सरुवा भएर जान्छ भने त्य हेल्पोस व्यवस्थापन समिति अध्यक्ष तथा स्थानिय सरकारलाइ समेत जानकारी गराउनु पर्ने हुन्छ तर यसरी माथिल्लो निकायको पावर लगाएर सरुवा गरि आफु खुसि कर्मचारी हिन्ने हो भने कसरी हामिले यश स्थानमा सेवा दिने समेत भनेका छन् । यता नगरपालिका भने यश विषयमा मौन वस्दा वडामा थप समस्या भएको छ ।

तपाईको प्रतिक्रिया