इटहरी,इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले कर समायोजनका वारेमा चाडै उपयुक्त निष्कर्षमा पुग्ने जनाउनुभएको छ ।  मेयर चौधरीले त्यसो भन्नुभएको हो । उहाँले गत भदौ ९ गतेको कार्यपालिकाको वैठकले राजश्व परामर्श समितिलाई कर पूनरावलोकनका लागि कार्यादेश दिइसकेको जानकारी दिनुभयो । उहाँले सवै पक्षको सुझावलाई मध्यनजर गरेर चाडै उपयुक्त निष्कर्षमा पुग्ने वताउनुभयो ।
नेपाल कम्युनिष्ट पार्टी इटहरीले विपदसिफारिस,नागरिकतासिफारिस,उद्योग ब्यवसाय दर्ता निशूल्क गर्न सुझाव दिएको छ । नेकपाले भूमिकर र सम्पति करमा सेवा शूल्क हटाउन,राज्यद्धारा सुचिकृत गम्भिर प्रकारका प्राणघातक रोगको सिफारिस निशुल्क गर्न सुझाव प्रस्तुत गरेको छ ।यसैगरि उद्योग ब्यवसाय करको दायरालाई फराकिलो पार्दै थप ब्यवहारिक वनाउदै पूनरावलोकन गर्न,दलित,सिमान्तकृत तथा लोपोन्मुख समुदायलाई सिफारिस तथा सेवा शुल्कमा ५० प्रतिशत सम्म छुट गर्न सुझाव दिएको छ । यसैगरि नेकपाले वहालकर,सम्पतिकर,भूमिकर,उद्योग ब्यवसायकर लगायतका करहरु साथै एकिकृत तथ्याँक संकलन गर्न इटहरी २,४,५,६,९,१२ र २० नम्वर वडामा डिजिटल सर्भे गर्न माग गरेको छ ।
नेकपाले इटहरी उपमहानगरले कार्यावन्यनमा ल्याएको आर्थिक ऐन २०७५मा ब्यवस्था गरिएका कतिपय बिषय वजारमा सुनिएजस्तो नभएर वैज्ञानिक,ब्यवहारिक र प्रगतिशिल रहेको जनाएको छ । तर अतिरञ्जित गरेर अफवाह फैलाइएको पाएको नेकपा इटहरीका नेता रेवती प्रसाद घिमिरेले हस्ताक्षर गरेर जारी विज्ञप्तीमा जनाइएको छ ।

तपाईको प्रतिक्रिया