इटहरी । गशेण चर्तुर्थी अथार्त आज भगवान गणेशको जन्मदिन हिन्दु धर्मालम्वीहरुले उत्साहका साथ मनाइ रहेका छन । सुनसरीको  समेत विशेष पुजा स्थल बनाएर भगवान गणेशको पुजाआरधाना गरिदै छ ।

दुहवीवासीहरुले गणेश पुजाका लागि पुजा समिति वनाएर तीन दिन सम्म भगवान गणेशको पुजा आरधनाको व्यवस्था मिलाएको हो । भगवान गणेशको साजर्वजनिक पुजा स्थल वनाएर पुजाअर्चना गर्ने कार्य भई रहेको छ ।

पुजा समितिले भगवान गणेशको ९ फिट अग्लो मुर्ति वनाएर साथै ५१ ीकलोको लडडु चढाइएको छ । दुहवीमा सुरु भएको गणेश जयन्तीको अवसरमा दुहवी नगरपालिकाका प्रमुख वेदनारायण गच्छदारले विशेष पुजा अर्चना गरे। त्यसै गरी दैनिक पुजाअर्चना गरिने र पुजा अर्चना साथै भजनर्कितनका लागि भारत देखि पनि भक्तजन आउने विश्वास गरिएको राजेन्द्र मुन्दराले वताए । आगामी आइतवार विशेष कार्यक्रमको आयोजाना गरी गणेश पुजा समापन गरिने समेत जनाइयो ।

हिन्दु धर्मालम्वीहरुले भगवान गणेशलाई सिद्धि विनायकका रुपमा हरेक शुभकार्य तथा कर्मकाण्डी गर्दा समेत पहिलो गणेशको पुजाअरधाना गर्ने गर्दछन । भगवान गणेशलाई हिन्दु धर्मालम्वीहरुले शुभ कार्यको पर्यावाचीका रुपमा समेत लिने गरिएको छ त्यसैले कुनै पनि शुभकार्य सुरु गर्दा श्री गणेश गरिएको भन्ने गरिन्छ । भगवान शिव र पार्वतीका छोरो गणेशको जन्म भाद्र शुक्ल चर्तुथीका दिन भएको विश्वासका साथ हिन्दु धर्मालम्वीहरुले आजको दिन भगवान गणेशको जन्मदिनका रुपमा मनाउने गरिन्छ ।

तपाईको प्रतिक्रिया