मदन अधिकारी / प्रकाशपुर हिन्दु महिलाहरुको महान पर्व हरितारिका तिज धुमधामका साथ बराहक्षेत्र नगरपालिका वडा नम्बर ९ , १० , ११ मा मनाइएको छ । बराहक्षेत्र नगरपालिकामा अन्य वर्ष झै यस वर्ष पनि धुमधामका साथ तिज मनाइएको बताउछिन् सरस्वती महिला वचत तथा सहकारी संस्थाकि व्यवस्थापक मणि राई । राइले बराहक्षेत्र नगरपालिकाका विभिन्न ठाउँका महिलाहरुले विहानै देखि शिवालय मन्दिरहरुमा पुगेर पुजाअर्चना गरि सांस्कृतिक उल्लासका साथ मनाइरहेका बताउदै यस ९ नम्बर वडामा समेत मनाइएको बताइन्। सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नम्बर ९ मा रहेको शिवालय मन्दिरमा विहानै देखि भक्तालु हरुको घुइचो लागेको थियो भने १० नम्बरको दुर्गा मन्दिर र ११ नम्बर मा तिजको रौनक देख्न सकिन्थियो । शिवालय मन्दिरहरुमा पुगेर श्रीमानको दिर्घायुको कामना गर्दै पुर्जाअर्चना गरेर वर्त वसेका महिलाहरु कठोर वर्त बसेपनि उत्साहका साथ नाचगानमा व्यस्त रहेका थिए । शिवालयहरुमा पुजा गर्ने महिलाहरुका साथै त्यस ठाँउमा स्टेज कार्यक्रम गरी तिज सांस्कृतिक कार्यक्रमहरु समेत गरिएका थिए। वराहक्षेत्रको राजावासमा कौशिका महिला समुहले पनि तिज सांस्कृतिक कार्यक्रम आयोजना गरेको थियो । तिज कार्यक्रममा महिलाहरुको उत्साहजनक सहभागिता रहेको थियो । कौशिका महिला समुहले आयोजना गरेको तिज सांस्कृतिक कार्यक्रममा प्रमुख अतिथी वडा नम्बर ९ कि महिला सदस्य बिमला चौधरीले गरेकि थिइन् भने विशिष्ट अतिथि पुर्व नेकपा एमाले नगर सम्योजक केशव तिम्सिना , ९ नम्बर वडा सचिव सुर्य पौडेल रहनु भएको थियो । प्रमुख अतिथि चौधरीले आफनो स्वास्थ्यलाई ख्याल गर्दै वर्त वस्न महिलाहरुलाई आग्रह गरेकि थिइन् । भगवान शिवलाई पति पाउ भन्दै कठोर वत्र वसेर महादेव बर पाएको विश्वासका साथ हिन्दु महिलाहरुले पतिको दिर्घायुको कामना गर्दै वर्त वस्ने परम्परा रहेको छ । त्यसै गरी अविवाहित युवतिहरुले सुयोग्य बर पाउ भन्ने कामना सहित वर्त वस्ने गरेका छन ।

तपाईको प्रतिक्रिया