इटहरी / नेपाली हिन्दु महिलाहरुको महान पर्व हरितारिका तिज धुमधामका साथ पुर्वी नेपालमा समेत मनाइदै छ ।

पुर्वी नेपालका महिलाले अन्य वर्ष झै यस वर्ष पनि धुमधामका साथ तिज मनाइ रहेका हुन । पुर्वका विभिन्न ठाउँका महिलाहरुले विहानै देखि शिवालयहरुमा पुगेर पुजाअर्चना गरि सांस्कृतिक उल्लासका साथ मनाइरहेका छन ।

सुनसरीको इटहरीमा रहेको राधाकृष्ण शिव मन्दिरमा विहानै देखि पुर्जाअर्चनाका लागि महिलाहरुको भिड लागेको थियो । शिवालयहरुमा पुगेर श्रीमानको दिर्घायुको कामना गर्दै पुर्जाअर्चना गरेर वत्र वसेका महिलाहरु कठोर वत्र बसेपनि उल्साहका साथ नाचगानमा व्यस्त हुने गरेका छन । शिवालयहरुमा पुर्जा गर्ने महिलाहरुका साथै ठाँउमा स्टेज कार्यक्रम गरी तिज सांस्कृतिक कार्यक्रमहरु समेत गरिएका छन । इटहरी लेडिज जेसिजले पनि इटहरी चौकमा तिज सांस्कृतिक कार्यक्रम आयोजना गरेको तिज कार्यक्रममा महिलाहरुको उत्साहजनक सहभागिता रहेको थियो । लेडि जेसिजले आयोजना गरेको तिज सांस्कृतिक कार्यक्रममा प्रमुख अतिथी प्रदेस नम्वर १ की उपसभामुख सरस्वती पोखरेले आफनो स्वास्थ्यलाई ख्याल गर्दै वत्र वस्न महिलाहरुलाई आग्रह गरिन । त्यसै गरी सुनसरीका इटहरी , सदरमुकाम इनरुवा , झुम्का लगायतका ठाउँहरुका तिज सांस्कृति कार्यक्रम गरी मनाइयो ।

भगवान शिवलाई पति पाउ भन्दै कठोर वत्र वसेर महादेव बर पाएको विश्वासका साथ हिन्दु महिलाहरुले पतिको दिर्घायुको कामना गर्दै वत्र वस्ने परम्परा रहेको छ । त्यसै गरी अविवाहित युवतिहरुले सुयोग्य बर पाउ भन्ने कामना सहित वत्र वस्ने गरेका छन ।इटहरीमा तिजको रौनक यस्तो देखीयो फोटो फिचर

तपाईको प्रतिक्रिया