भारतको आसाम केन्द्रबिन्दु भएर ५ दशमलव ६ रेक्टरको भूकम्प भारतको आसाम केन्द्रबिन्दु भएर ५ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको छ । नेपाली समय अनुसार बिहान १० बजेर ३७ मिनेटमा भूकम्प गएको हो । भूकम्पको धक्का भारतको विहार, बंगलादेशको ढाका र नेपालको पूर्वका धनकुटा, तेह्रथुम, भोजपुर, संखुवासभा, ताप्लेजुङ्ग, इलाम, झापा, मोरङ्ग, सुनसरी सहित काठमाडौंमा पनि महसुस गरिएको छ । नेपालमा भूकम्पबाट कुनै क्षतिको जानकारी प्राप्त नभएको प्रहरीले जनाएको छ।बंगलादेशको ढाकामा भने केही घरमा क्षती पुगेको छ ।

तपाईको प्रतिक्रिया