इटहरी । इटहरीको बिराटनगरलाईन पुरानो हेल्थ पोष्ट अगाडी रहेको ओम श्री गुरु पाउरोटी उद्योगद्धारा उत्पादित बिस्कुटमा अखाध्य बस्तु फेलापरेको छ । बिहान इटहरीको पश्चिमलाइनबाट कृष्ण बस्नेतले खरिद गरि लगेर खानेबेला बिस्कुटमा प्लाष्टिक फेला परेको हो ।
लामो समय देखि इटहरीमा पाउरोटि उत्पादन गर्दै आएको गुरु पोरोटीमा अखाध्य बस्तु फेला परेपछि उन्ले सञ्चार माध्यमलाई खबर गरेका थिए । पछिल्लो समय इटहरीमा सञ्चालनमा रहेका अधिकांश पाउरोटी उद्योगहरु अव्यवस्थित तथा दुर्घन्धित रहेका छन् ।
अनुगमन तथा नियममन निकाय सक्रिय नहुदाँ सेवाग्राहीले स्वास्थ्य खाद्य वस्तुको उपभोग गर्न नपाएको सेवाग्राहीले गुनासो गरेकाछन् । सरसफाई नहुदाँ प्रत्यक्ष व्यवसायीहरुले सेवाग्राहीको स्वास्थ्यमाथी खेलवाड गर्ने गरेका छन् ।  श्री गुरु पाउरोटी उद्योगका सञ्चालक बापी बिश्वासले उद्योगबाट गल्ति भएको स्विर्का गरेकाछन् भने उद्योगमा र्मर्मत मार्य चलिरहेकाले गल्ति भएको हुन सक्ने बताएका छन् । आगामी दिनमा आफुबाट गल्ति नहुने बताएका छन् ।

तपाईको प्रतिक्रिया