इटहरी,इटहरी उपमहानगरका विज्ञ सल्लाहकारहरुले सडक,पैनी र खोला अतिक्रमण हुन नदिन मापदण्डलाई कडाइका साथ पालना गराउन उपमहानगरलाई सल्लाह दिएका छन । सल्लाहकार समूहको विहान वसेको वैठकले मापदण्ड वनिसकेको भए मापदण्ड पालना गराउनु पर्ने र मापदण्ड नवनेको भए वनाएर ब्यवस्थित गर्न सल्लाह दिएको विज्ञ सल्लाहकार संयोजक डा दिवाकर रेग्मीले जानकारी दिनुभयो । वैठकमा इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले खोला पैनीको अधिकार क्षेत्र तोक्न चाँडै कार्यदल गठन गर्ने वताउनुभयो । उहाँले देशैभरका नगरपालिकाहरुमा भवन निर्माण संहितालाई कडाइका साथ कार्यावन्यन गर्न निर्देशन आएको जानकारी दिनुभयो । वैठकमा भूगोलका प्राध्यापक सूर्य राईले सडक,खोला,पैनी अतिक्रमण गरेर मापदण्ड विपरित भवन संरचना वनाउन नहुनेमा जोड दिनुभयो । उहाँले मापदण्डलाई कडाइका साथ पालना गर्नुपर्नेमा जोड दिनुभयो । अर्का भूगोलविद उमानाथ रिजालले इटहरीलाई आधुनिक शहरका रुपमा विकास गर्ने हो भने अहिले देखिनै गुरुयोजना वनाएर अधि वढन सुझाव दिनुभयो । डा वद्रिविशाल पोखरेलले सडक अधिकार क्षेत्र मापदण्ड अनुसार गर्न र खोलापैनी अधिकार क्षेत्रका लागि ब्यवहारिक मापदण्ड वनाएर अघि वढनु पर्ने वताउनुभयो ।

प्रेम प्रसाद न्यौपानेले पैनी खोलाको अधिकार क्षेत्रका वारेमा राष्टिय सँगै स्थानीय मापदण्ड वनाउनु पर्ने वताउनुभयो । राजेश श्रेष्ठले सडक अधिकार क्षेत्रको मापदण्ड उ वेला वनेपनि कार्यावन्यन चाँहि किन हुन नसकेको भन्ने प्रश्न गर्नुभयो । कानुनी सल्लाहकार प्रेम अधिकारीले वनेका कानुनलाई नाँधेर जान नहुनेमा जोड दिनुभयो । वोधराज नेपालले इटहरीका खोला पैनीहरु नक्सामा एकातिर भएपनि अहिले अर्कातिर वगिरहेका कारण तिनिहरुको वहाव क्षेत्र तोकेर मापदण्ड लागु गरिनु पर्ने वताउनुभयो ।

वैठकमा लेखनाथ घिमिरेले इटहरी उपमहानगरले भएगरेका गतिविधिलाई ब्यवस्थित ढंगले जनतालाई जानकार गराउनुपर्ने वताउनुभयो । इटहरी उपमहानगरका प्रमुख प्रशाशकीय अघिकृत छवि रिजालले इटहरी उपमहानगरले सवै सरोकारवालाहरु छलफल गरेर कानुन कार्यावन्यन गर्ने जनाउनुभयो । वैठकमा इटहरी उपमहानगरका वरिष्ठ इन्जिनियर अर्जुन दाहालले राष्टिय राजमार्गमा सडक अधिकार क्षेत्र सडकको विच वाट दुवैतिर २५,२५ मिटर र सेटब्याक ६ मिटर रहेको जानकारी दिनुभयो ।

खोला किनारवाट सय फिट र पैनीको हकमा १० फिट छाडेर मात्र भवन संरचना वनाउन पाउने मापदण्ड रहेको उहाँले जनाउनुभयो । वैठकमा छ लेन सडक परियोजनाका डिभिजनल इन्जिनियर विनोद अग्रवालले इटहरीमा करिव ६ किलोमिटर सडक ६ लेन वन्नु इटहरीकालागि ठूलो अवसर रहेको वताउनुभयो । उहाँले तोकिएको सडक क्षेत्राधिकार मापदण्डलाई आफूहरुले कार्यावन्यन गर्नेै पर्ने वताउनुभयो । अहिले पनि सडक अतिक्रमण भइरहेको र गर्ने प्रयास भइरहेकाले यसले भविश्यमा चुनौती ल्याउनेमा सजग गराउनुभयो । अग्रवालले छ लेन सडक विस्तारकै क्रममा इटहरीमा आकाशेपुल वनाइने जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया