भेजपुर । भोजपुरमा जीर्ण भवनमा क्षमता भन्दा तेव्वर कैदी, दुर्घटनाको जोखिम वढ्यो  जिल्ला कारागार कार्यालय भोजपुरको जिर्ण भवनमा क्षमता भन्दा तेव्वर कैदीवन्दी राखिएको छ । गत २०७२ साल वैखाख १२ गएको भुकम्पको कारण जीर्ण वनेको भवनमा क्षमता भन्दा वढी कैदी राख्दा दुर्घटनाको जोखिम वढेको छ ।
जिल्ला कारागार भोजपुरको २५ पुरुष र ५ महिला गरि ३० जना अट्ने क्षमता भए पनि हाल ९९ जना कैदी र २ जना आश्रित नावालक गरि एक सय जना कैदीबन्दीहरु  रहेको कारागारले जनाएको छ । हाल कारागारमा ८८ पुरुष, ११ महिला र २ जना आश्रित नावालक रहेका छन् । भवन जिर्ण वने पछि भित्रका सवै कोठाहरु प्रयोग हुन सकेको छैन, भने कैदीहरुको लागि पनि कम्पाउण्ड पनि पर्याप्त नभएको कारागारले जनाएको छ । अहिले जिर्ण भवनलाई मर्मत गरेर कैदीहरु राखिएको छ । तर कारागार कार्यालयका निमित्त जेलर खगेन्द्र अधिकारी भने कैदिलाई वस्न सहज रहेको दावी गर्दछन् ।
भवन जिर्ण भएको विषयमा केन्द्रलाई जानकारी गराइ सकेको जिल्ला कारागार कार्यालयले जनाएको छ ।कारगार भवन निर्माणको लागि भोजपुर नगरपालिका – ७ मा ८ रोपनी ३ आना जग्गा दान स्वरुप पास गरेको निमित्त जेलर अधिकारीले जानकारी दिए । जग्गा पास गरि सकेको भएपनि भवन निर्माण कार्य भने कहिलेबाट शुरु हुने त्यो भने आफुलाई जानकारी नभएको अधिकारीको भनाई छ ।
जीर्ण भवन त्यस माथी तेव्वर कैदी यस्तै अवस्थाको भवनमा कैदीलाई राखी रहने हो भने कुनै पनि वेला दुर्घटना नहोला भन्न सकिदैन । तसर्थ भवन निर्माणमा सरोकारवाला निकायको तत्काल ध्यान जान आवश्यक देखिन्छ ।

तपाईको प्रतिक्रिया