बिराटनगर । व्यपार घाटा कम गराउन घर–घरमा ग्यास पु¥याउने योजना सबैकालागी खुसीको कुरा हो । घर–घरमा पाईपबाट ग्यास पुग्ने भएपछी जो कोहि पनि उत्साहित हुन्छ । घर–घरमा ग्यास पुग्ने हल्ला सुनेका विराटनगर बासी विराटनगर १४ मा अवस्थित गौशाला बाट निकालीएको बोयोग्यास बन्द भएपछी विराटनगरबासी खिन्न भएका छन ।
एसीयाली विकास बैक तथा विराटनगर महानगरपालिकाको सहयोगमा विराटनगर १४ मा अवस्थित श्रीकृष्ण गौशालामा निर्माण भएको बायो ग्यस प्लान्टको भदौ ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले विराटनगर आएर उद्घाटन गरेको थियो । उनले उद्घाटन गरेको १५ दिन नवित्दै सो ग्यास प्लान्टले उपभोक्ताको घर–घरमा ग्यमास दिन छोडेको छ ।
करिब १ करोड ५० लाखको लागतमा निर्माण भएको सो प्लान्टले ३२ घरलाई ग्यास उपलब्ध गराईएको बताईएको थियो । तर बारम्बार भईरहेको लोडसेडिङको समस्या र ईन्भटर किन्ने आर्थिक अभाव देखाउदै उक्त ग्यसप्लान्ट बन्द भएको सो प्लान्टका ईन्जिनियर मनोहर श्रेष्ठले बताए ।
सो प्लान्ट २०५ गाईको गोवरबाट ३ सय घन मिटर क्षमताको ग्यास उत्पादनका लागि प्लान्ट जडान गरेको भनिएको थियो । गौशाला परिसरमा डोम स्थापना गरेर काम भएको थियो ।

डेढबर्ष अघि शुुरु गरिएको सो प्लान्टबाट पहिलो चरणमा ३२ घरमा त्यसपछि एकसय घरमा ग्यास पुर्याउने लक्ष्य रहेको थियो ।

तपाईको प्रतिक्रिया