बराहक्षेत्र/ दुई ठुला कम्युनिष्ट पार्टी बिच एकताको प्रकृया चलिरहदा अहिले सुनसरीको बराहक्षेत्र बाट नेकपामा कुन नेताले के जिम्मेवारी पाए भन्ने ठूलो चासोको बिषय बनेको छ ।  अहिले प्रदेश र जिल्लाको बिषयमा दुबै पार्टी बाट सदस्यहरु टुंगो लागिसके पनि अध्यक्षको बिषयमा कुराकानी नमिल्दा घोषणा हुन बाकी रहेको  श्रोतले बताएको छ ।
श्रोतका अनुसार बराहक्षेत्रको पुर्व एमाले बाट जिल्ला सचिवालयमा मनोज पौडेल र निलम खनालको नाम सिफारिस भएको छ । त्यस्तै पुर्व माओवादी केन्द्र बाट धन बहादुर कट्वाल , गणेश पाण्डे , राजकुमार साह , पुष्प ढुंगाना र सपना परियार ९ सन्ध्या ० जिल्ला सचिवालयको लागि सिफारिसमा परेको श्रोतले बताएको छ । त्यसैगरी जिल्ला सदस्यका लागि पुर्व एमाले बाट तिर्थ माझी , पोषराज भट्टराई , नन्द कुमारी राई , तोया नाथ खनाल , कमला मगर , कौशिल्या माझी , हरि श्रेष्ठ ,सराजुद्धिन अन्सारी , योगराज खड्का सिफारिसमा परेका छन् । पुर्व माओवादी केन्द्र बाट कमल बहादुर कट्वाल र तुलसी पाण्डे जिल्ला सदस्यका लागि सिफारिसमा परेका छन् । प्रदेश सदस्यका लागि भने पुर्व एमाले बाट केशब तिम्सिना र माओवादी केन्द्र बाट नरेन्द्र बस्नेतको नाम सिफारिस भएको श्रोतले बताएको छ ।

तपाईको प्रतिक्रिया