संगम बिष्ट/ वराहक्षेत्र यदि कोहि नौलो मान्छे वराहक्षेत्र नगरपालीका वडा नं २ चतरा(पुनर्बास)मा रहेको आदर्श माबिको पुग्दा सामुदायिक र संस्थागत बिद्यालय ढम्याउन गाह्रो हुन्छ ।बिद्यालयमा सुन्दर पोसाक,सुन्दर भवन, सुन्दर फुलवारी,विशाल खेलमैदान रहेको नमुना योग्य बिद्यालय आदर्श माबि देख्दा जो कोहि नौलो मान्छेले आदर्श माबिलाई संस्थागत बिद्यालयको सज्ञा दिन्छ ।हु त यसो हेर्दा आदर्श माबि भौतिक र शैक्षिक दुबै रुपले पनि निजि बिद्यालय भन्दा कुनै कम छैन् । आदर्श माबिलाई यस्तो अबस्थामा ल्याउन समुदाय, विद्यार्थी र स्वयम शिक्षकहरुको नियमित अनुगम, अनुशाशन र लगनबाट आज आदर्श देशकै नमुना बिद्यालयको सुचिमा सुचिकृत हुने अन्तिक खुट्किलोमा पुग्न सफल हुन पुगी वराहक्षेत्रमा नै आदर्श माबिले थप नयाँ उचाई कायम गर्न सफल भएको छ। सरकारी बिद्यालयमा के पढाइ हुन्थियो भन्नेहरुकालागी आदार्श माबिको लोभ लाग्दो शैक्षिक उपल्बदीले सरकारी बिद्यालय पनि यदि समुदायको सक्रियता र शिक्षकले चाहे बदल्लिन्छ बिद्यालय भन्ने कुराको दरो उदाहरण बनेको जब देशमा प्रजातान्त्र आयो ।  देशमा जनताका छोरा छोरिकालागि पढ्नका निमित्त समु

दायको पहलमा बिद्यालय खोलिन सुरु भए । सोही अनुरुप तत्कालीन वराहक्षेत्र गाबिसको वडा नं ३ पुर्वासमा बि.सं. २०१२ सालको वसन्तपञ्चमीको दिन प्रथामिक बिद्यालयको रुपमा आदर्श अपर प्राईमेरी बिद्यालयको रुपमा स्थापना भयो । बिद्यालय स्थापना हुदा ताका बिद्यालयको प्रध्याध्यापक बेदनिधि सापकोटा रहनु भिएको थियो । बिद्यालयमा प्रअ सहित गोबिन्दलाल कर्ण शिक्षक रहनु भएको थियो । अनेकौ अभाबका बिचमा पनि समिति साधर र श्रोत बाबजुत सन्चालन भएको बिद्यालयलाई अहिले ढकमक फुलेको सुन्दर फुलबारी बनाउन बिरुवा रोप्ने काम भने सेरबाहादुर लिम्बू सहित जगन्नाथ , सदानन्द नेपाल, देबीबहादुर थापा,गणेश बिरही, सुरतबहादुर थापा, चरावहिदार,जागिरमान लिम्बू,नैनबहादुर थापा लगाएतका शिक्षाअनरागिहरुले गर्नु भएको थियो ।२०१२ सालबाट अनैको उतारचारबाट स्थापना भएको सो बिद्यालयल कहिले रुखमुनि, कटरा त कहिले गोठमा पठन पाठन हुने गर्दथियो । ०१२ सालमा रोपिएको बिद्यालयलाई नारायणप्रसाद आर्याल, गरुडध्वज पोडेल लगाएतले बिरुवालाई जोगाउन पानी लगाएको थिए ।बिना भवन पठन पाठन भई रहेको बिद्यालयलाई भवन निर्माणकालागि चन्द्रप्रसाद आचार्यले ठुलो गुण लगाए। सामान्य ढङ्गबाट स्थापन भएको बिद्यालय राष्ट्रिय शिक्षा पद्बती योजनालागु भए पछि बिद्यालय निम्न माध्यमिक बिद्यालयलाई भौतिक अभावले सताए पछि शिक्षा अनुरागि हरेकृष्ण अग्रवाल र अोमप्रकाश गुप्ताले नगद ३० हजार र पुर्वप्रधानञ्च अम्बर बहादुर बिष्टले ५ कोठे भवन निर्माण गरिदिए पछि बिद्यालयले नब जीवन पाएको थियो । सुनसरी जिल्लबासिको चन्दा सहयोग र भारत सरकरको सहयोगबाट बिद्यालयले भौतिक रुपमा फड्को पारे पछि २०३३ सालमा निमाबिबाट बिद्यालय प्रस्ताबित माबिको रुप लियो । सो समयमा मान बज्राचार्य र अम्बरबहादुर बिष्टको योग्दानको चर्चा अहिले पनि चतराबासी गरि रहन्छन्। २०३३ सालबाट माबि कक्षा सन्चालन गरेको बिद्यालयले अनैको चुनौतीका बाबुत पनि निरनतर कक्षा सन्चाल गरि रयो । विभिन्न ब्याक्तित्बहरुले बिभिन्न समय समय नगद देखि भौतिक बस्तु दान र सहयोग र समुदयले विशेष चासो देखाएको  फल स्वरुप २०५१ सालमा सुनसरीकै पहिलो ११/१२ कक्षा सन्चाल गर्ने बिद्यालयको रुपमा आदर्श माबि तत्कालीन समयमा उच्च माबिको रुपमा उदायो ।२०१२ सालमा वराहक्षेत्रलाई शैक्षिक रुपले उज्यालो बनाउन सस्थापना भएको बिद्यायल २०५१ सालमा आएर सुनसरीकालागि मात्र नभइ उदयपुर, भोजपुर, धनकुटा जिल्लाकालागि पनि ११/१२ कालागि केन्द्रको रुपमा आदर्श माबि स्थापित हुन पुग्यो ।देशमा राजनैति दोन्द्र चर्केको बेला तत्कालिन बिदोहिले शैक्षिक संस्थाहरुलाई निशाना बनाई रहदा आदर्श माबिलाई उच्च माबि बनाउन तत्कालीन प्रअ अोम कुमार शर्माको नेतित्बदायि भुमिका र वराहक्षेत्रबासीको साथ आदर्शलाई अहिलेको अबस्थामा पुराउन महत्व पुर्ण जडि बन्न पुग्यो । २०१२ सालमा स्थानिय शिक्षा अनुयायीहरुको पहलबा
ट रोपिएको आदर्श नामको बिरुवा हाल आएर सुनसरी जिल्लाको मात्र नभइ देशको नै नमुना सामुदायिल बिद्यायल योग्य बन्न पुगेको छ । हाल बिद्यालयमा वराहक्षेत्रकै पहिलो प्राबिधिक बिषयमा इलोकोटोनिस इन्चिनिय कक्षा ८ देखि हाल ११ सम्म पढाइ हुन्छ । बालशिक्षा कक्षामा बिद्यालयको इछा अनुशार मन्टेश्बरी पद्बतीबाट टकिङ्ग चिचर पद्बती, बाट कक्षा सन्चालन हुन्छ भने कक्षा १ देखि कक्षा ८ सम्म अंगेजी माध्यमबाट पढाइ हुने गरेको छ । बिद्यालयको पोषकलाइ आक्रषित बनाउन बिद्यार्थीहरुलाई चार समुहमा बिभाजित गरि पोषकलाई पहेलो, रातो , सेतो र निलो रङ्गको पोषाक बिद्यार्थीहरु लगाएर आउदा सप्तरङ्गी लालीगुरास र आकाशमा इरेणी लगाएको आभाष जो कोहिको मनमा पनि हुने गरेको छ ।बिद्यालयमा हरेक सातकाको शकुबार अतिरिक्रत कृयाकला हुने गरेको छ ।
बिद्यालयले अतिरिक्त कृयाकलापको रुपमा सुन्दर फुलबारी कस्ले बनाउने भने प्रतियोगिताले बिद्यार्थीहरुलाई प्रकृति प्रेमी र यस प्रतियोगिता सुनसरी भरका सामुदायिक बिद्यायलकालागि अनुकरणिय बन्न पुगेको छ ।बिद्यालय बस्तिको बिचमा करम खोलाको किनारमा रहकाले शान्त र प्राकृतिक रुपले मनमोहक रहेको छ । वरिवति कम्पाउनले घेरिएको बिद्यालय साढे ५ बिगा क्षेत्रमा करिब ढेर दर्जन नयाँ पुराना भवनहरु सि आकारमा रहि बिद्याकलयमा फराकिलो र सुन्दर खेल मैदार रहेको छ । बिद्याकयमा एउटा आक्रषित दाताले बनाइ दिएको खुल्ला कार्यक्रम हल पनि रहेको छ । कक्षा १ देखि कक्षा १२ सम्म प्राबिधिक बिषय सहित ११/१२ मा शिक्षा शास्त्र र बाणिज्य शास्त्र संकाय पढाइ हुने गरेको छ ।बिद्यार्थी नियमित , बार्षिक रुपमा असफल नबाउने हेतुले शिक्षकहरुलागि परेका छन । बिद्यालयमा हाल १ हजार १ सय ७५ जना विद्यार्थी अध्यनरत छन्। बिद्यालयमा हाल आ आफ्नो बिषयमा एम. एड. गरेका शिकक्ष शिक्षिका सहित ३४ जना शिक्षक शिक्षिका

 र ३ जना बाल बिकासका शिक्षिका कहित ३७ जना शिक्षक शिक्षिका रहेका छन् । बिद्यालयको भौतिक सम्पतीमा हाल वराहक्षेत्र १ चतरामा रहेको बस पार्क बिद्यालयको सम्पतीको रुपमा रहेको छ। सो स्थानबाट बिद्यालयलाई बार्षिक रुपमा ४ लाख आम्दानी हुने गरेको छ।शैक्षिक रुपमा मात्र नभई सास्कृतिक र खेलकुदमा पनि  अबल ढहरिएको बिद्यालय सुनसरी जिल्लाको मात्रा फुटवलको पावर हाउन भनेर पनि चिनिन्छ । गत ३ साल देखि नियमित रुपमा बिद्यायला अध्यरत छात्राले राष्ट्रको प्रतिनिधित्व गरिरहेका छन । भने गत बर्ष र यसको आदर्श माबि जिल्ला च्यापिन पनि हो । गत साल त बिद्याकयले पुर्वअञ्चल च्यापिन समेत बनी राष्ट्रिय प्रतियोगिताकोलागि छनोट भएर राम्रो प्रदशन गरेको थियो ।शैक्षिक ,प्राकृतिक र खेलकुदको हिसाबले अगाडि रहेको बिद्यालयमा ब्यस्थित पुस्ताकालय, प्रयोगशाला, ल्याप, कम्पुटर लगाएतका आधुनकिक प्रबिधि पनि रहेको छ । यसै शैक्षिक सत्रबाट बिद्यालयले ११ कक्षाबाट प्राबिधिक शिक्षा सन्चालमा समेत ल्याएको छ । शिक्षक, विद्यार्थी र समुदायले आहे बदलिन सक्छ भने उदाहरण बिद्यालयक आदर्श माबि बनेको र हाल अझ प्रगतिको शिखरमा पुराउन शिक्षकहरु लागि परेको बिद्यालय ब्यस्थापन समितिका अध्यक्ष बद्रि राउतले बताउ छन्। २०७२ सालमा सुनसरीमा ३ सामुदायिक मध्य एक प्राबिधिक शिक्षालाई आफ्नो बार्षिक शैक्षिक पात्रोमा पार्न बिद्यालय र बिद्यलयलाई नेतित्व गरेका प्रअ प्रल्लाद भट्टराई सफल हुनु भयो । सुनसरीको पहिलो ११/१२ हुदा वराहक्षेत्र सहित , उदयपुरको साबिक मैनामैनी, ढोकसिला, भोजपुरको हसनपुर धनुटाको आहाले, छुन्ताङ्ग सनुसरिकै बिष्णुपादुका गाबिसको बिद्यार्थीहरु अध्यनकालागि आदर्श आउने गर्दथे भनि हाल पनि ती क्षेत्रबाट प्राबिधिक शिक्षा र ११/१२ कालागि दर्जौनौ बिद्यार्थीहरु आउने गरेका छन । बिद्यालयमा भएको शैक्षिक र भौतिक प्रगितिलाई बिकास गर्न सुनमा सुगन्द थपेका बर्तमान प्रअ भट्टराईले २०७२ सालबाट बिद्यालयमा प्राबिधिक क्षिक्षाको सुरुबात गरि बिद्याकयलाई थप उचाई दिई वराहक्षेत्रको शैक्षिक पात्रोमा एउटा सुनौलो अंक्षमा आफ्नो नाम लेख्न सफल हुनु भयो । आखिर को हुन त प्रल्लाद भट्टराई ? वराहक्षेत्रकालागि कुनै नौलो नाम हैन प्रल्लाद भट्टराई । खास गरि आफ्नो नामले भन्दा पनि कामले ( नेपाली सर) को उपनाम पाएका भट्टराई सहित्यिक क्षेत्रमा पहलेदारको रुपले प्रख्यात छन्। आज भन्दा ५६ बर्ष अगाडी २०१९ सालको जेठ १३ गते सप्तरी जिल्लामा जन्मिएका हुन भट्टराई ।तराईमा जन्मिएकाले होला मधेसे भाषामा विशेष दखल र मदेशे संस्कृतीमा चासो देखाउने भट्टराईले कक्षा १ देखि ७ सम्म सप्तरीकै इनरुवा फुलबडिया र बोडेवसाईन माट निमानि सम्मको अध्यन गरे पछि भट्टराईले तत्कालिन एस.एल.सि. कक्षा १० पास भने प्रकाश माबि प्रकाशपुरबाट पास गर्नु भयो ।कक्षा १० पास गरे पछि उहाले आई.ए.र बि ए. सुनसरी क्यापस इनरुबाबाट गर्नु भयो । बीएड सिराह क्यापसबाट गर्नु भएका भट्टराईले नेपाली भाषामा एम.ए. स्नाकोतर बिराटनगरबाट गर्नु भयो। शिक्षा सेवा क्षेत्रमा ३ दशक लामो समयको अनुभव बटुलेका भट्टराईले २०४२ सालको माघ महिनादेखि आदर्श माबिबाटै बिद्यार्थीहरुलाई नेपाली भाषा सिकाउनु सुरु गर्नु भयो । शिक्षणमा लगन प्रशाशमा पार्दशी प्रल्लाद भट्टराई शिक्षा सेवाकालागि नै जन्म लिएको आभाष आम बिद्यार्थीले गर्ने गरेका छन्। २०६९ साल देखि प्रअ भएर काम गर्दै आएका भट्टराईले बिद्यार्थीहरुलाई अुनशाशन , लगन र उत्परेणा जगाउने शिक्षकहरुमा रहनु भएको छ। कक्षामा प्रबेस गर्द समय बितेको पतै नहुने गरि कक्षा सन्चालन गराउने भट्टराई बहुप्रतिभाका धनिका रुपमा चिनिन्छ। स्पष्ट, प्रखर बक्ताका रुपमा छवि बनाएका भट्टराई कुलश शिक्षक, सफल प्रशाशक, धार्मिक प्रचारक, आध्यमिक ब्याक्तित्व, छन्दबादि कवि वराहक्षेत्रको पहिचानको रुपमा रहेका छन् । वराहक्षेत्र २ जब्दीमा स्थायी बसोबास गर्दै आएका भट्टराईको दैनिकी बिद्यालयमा नै बित्ने गरेको छ ।बिद्याकयमा बिद्यार्थीहरुलाई पढाउनु बाहेको फुर्सदको समय निकालेर साहित्यि क्षेत्रमा कलम चलाउने भट्टराईले साहित्यको क्षेत्रबाट चतरालाई धेरै ठुलो गुण लगाएका छन्।बिद्यार्थीको दैनिकि चाल चलनलाई निमित निहाल्ने भट्टराई नेपाली भाषाको बिद्बार भनेर पनि वराहक्षेत्र र बिद्यार्थीहरुले भन्ने गरेको सुनिन्छ। नेपाली ब्याकरण, समलोचना क्षेत्रमा दखल राख्ने भट्टराईसंग बिद्यार्थीहरुलाई एका चित बनाएर राख्ने क्षमता राख्ने गर्दछन् । बिद्यालयको शैक्षिक र भौतिक पक्षलाई उकासन तल्लिन भट्टराईले आफ्नो नेतित्वमा बिद्यालयमा प्राबिधिक बिषयलाई प्रबेश गराउनु, नमुना योग्य बिद्यालयको रुप दिनु , शिक्षकहरुलाई चलायामान बनाउनु, बिद्यालयमा भौतिक बस्तुको निर्माण गराउनु जस्ता कामहरु उहाले गराउनु सफल हुनु भयो ।समकालीन शिक्षकहरुको साथ, समुदायको उत्पेरणाले गर्दा बिद्यालयले प्रगति गरेको बताउने भट्टराईले शिक्षाक्षेत्रबाट आफुलाई चरचित र आम बिद्यार्थीहरुको प्रेरणाका स्रोत बन्न सक्नु भयो

तपाईको प्रतिक्रिया