संगम बिष्ट/चतरा/ प्रदेश नं. १ को नाम र राजधानी चाडै तोकिने प्रदेश सभाका सभामुख प्रदिप कुमार भण्डारीले वताउनु भएको छ । शनिवार सुनसरीको वराहक्षेत्र १ मा रहेको तोरीवारी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको ५ औँ साधारण सभाको अवसरमा फरक प्रसंगमा बोल्दै भण्डारीले सो कुरा वताउनु भएको हो । सवैको अपनत्व हुनेगरी १ नं. प्रदेशको नाम र राजधानी तोकिने र यस विषयको लागि प्रदेश सभा तत्पर रहेको भण्डारीले वताउनुभयो । तोरिवारी खानेपानीको प्रशंग जोड्दै उहाँले छोटो समयमा कार्यसमितिले फड्को मारेको बताउदै आगामी कार्यकालको लागी असल प्रतिनिधी चुन्न समेत निर्देशन दिनुभयो । २०५१ सालदेखी प्रकृया सुरु गरी २०५४ सालदेखी विधिवत् रुपमा दर्ता भएर खानेपानी वितरण गर्दै आएको तोरिवारी खानेपानीले सभामुख भण्डारीको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न गरेको थियो । सोही साधारण सभाको अवसर पारेर भण्डारीले खानेपानी कार्यालयको आयमूलक सभाहलको समेत उद्घाटन गर्नु भएको थियो । साविक वराहक्षेत्रको वडा नं. १, २, ३ को केही भाग ४, ६ मा गरी जम्मा २ हजार १३ घरधुरी, २५ संघसंस्था र ८ विद्यालय गरी १० हजार १ सय ७२ जनसंख्यालाई पिउने पानी उपलब्ध गराइरहेको सो खानेपानीले जम्मा ११ सय ६२ धारा जडान गरेको छ । दैनिक रुपमा ७५ लाख लिटर पानी वितरण गर्दै आएको सो खानेपानीले २४ घण्टामा ५ घण्टा सेवा दिइरहेको छ । खानेपनी संगै सरसफाइको कार्यमा पनि लागेको सो संस्थाले १ घर १ धारालाई मुल नारा वनाएर अघि वढिरहेको छ । उपभोक्ता समितिका अध्यक्ष डम्वर प्रसाद सिग्देलको सभाध्यक्षतामा भएको कार्यक्रममा विशिष्ट अतिथि खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख देवनाथ सिंह, वराहक्षेत्र नगरपालिकाका नगर प्रमुख निलम खनाल रहनु भएको थियो । कार्यक्रममा वडा नं. २ का वडा अध्यक्ष हरिकृष्ण भट्टराई १ नं. वडाका कार्यवहाक अध्यक्ष शुसिला सेर्पा, सोही समितिका पूर्व अध्यक्षहरु युवराज वस्नेत, रतन राई, कांग्रेसबाट नारायण नेपाल, नेकपाबाट केसव तिम्सिना, कमल कटवाल, महेन्द्र नगर खानेपानीका सचिव गजेन्द्र थापा, खानेपानी तथा सरसफाइ उपभोक्ता समिति केन्द्र्रिय सदस्य रमेश कुमार वस्नेत, भरौल खानेपानीका अध्यक्ष पुष्प वस्नेत उद्योग वाणीज्य संघबाट रमेह विष्ट, रेडक्रशका ओम कुमार शर्मा, शिक्षक प्रल्हाद भट्टराई लगायतको आतिथ्यता रहेको थियो । उपभोक्ता समिति सदस्य दिपक कार्कीले सञ्चालन गरेको कार्यक्रममा समिति सदस्य चिरञ्जीवी प्याकुरेलले सम्पूर्ण आमन्त्रीतलाई स्वागत मन्तव्य मार्फत स्वागत गर्नु भएको थियो । कार्यक्रममा अध्यक्ष सिग्देलले समितिको तर्फवाट प्रतिवेदन प्रस्तुत गर्दै गत आर्थिक वर्षको आय व्यय प्रस्तुत गर्नुभएको थियो । संस्थाको आन्तरिक आय तर्फ ५३ लाख ६१ हजार ४ सय १५ देखाउदा व्यय तर्फ भने ४२ लाख ४९ हजार ६ सय १० रुपैयाँ ४३ पैसा देखाइएको छ । समितिलाई ६० लाख ऋण बाट हाल २८ लाख ४१ हजार ९ सय ४० रुपैयाँ ८८ पैसामा झार्नु भौतीक पूर्वाधारको निर्माण गर्नु, थप पानी टेङ्की निर्माण गर्नु जस्ता कामहरु आफ्ना कार्याकालमा गरेको अध्यषले बताउँदै पानीको संचित गर्ने मान्यताको विकास गर्नुपर्ने वताएका थिए । कार्यक्रममा अध्यक्ष सिग्देलले संस्थाको बर्तमान अवस्था, भावी योजना, लक्ष्य, उद्देश्य विभिन वर्षमा भएका र हुने कार्यक्रमहरु, प्रगती विवरण समेत प्रस्तुत गर्नुभएको थियो । उक्त कार्यक्रममा महेन्द्रनगर खानेपानीका सचिव थापा, विशिष्ट अतिथिहरु नगर प्रमुख खनाल र जिल्ला खानेपानी तथा सरसफाइका प्रमुख सिंहले कार्यक्रममा मन्तव्य राख्नु भएको थियो । समितिको आगामी ३ वर्षे कार्यकालको समिति गठन गर्नका लागी १ सय १३ प्रतिनिधि चयन समेत गाउँ भेलाले गरिएको थियो ।

तपाईको प्रतिक्रिया