संगम बिष्ट/ चतरा प्रकृतिक रुपमा प्रदेश नं. १ को उत्कृष्ट गन्तव्य हो । सुनसरीको धरान उप- महानगरपालीका र धनकुटा जिल्लाको सागुरिगडी गाऊ पालीकाको संगम स्थलमा पर्ने भेडेटार क्षेत्र । चिसो वातावरण, छिनछिनमा मैषम परिवर्तन हुने बिषेशताका कारण पछिल्लो समय भेडेटार सबै रोजाईको गन्तव्य स्थान वनिरहेको छ । साथिभाईहरु बिच भेटघाट, युगल प्रमि जोडि, परिभारिक घुम्घाम, व्यापार सम्बन्धि गोष्टी, छलफल र तालिमको लागि पनि भेछेटार सबैको रोजाई बन्ने गरेको छ । पछिल्लो समय स्थानिय सरकार गठन भए पश्चात् स्थानिय सरकारहरुले आफ्नो क्षेत्रमा रहेका त्यस्ता प्रकृतिक स्थानलाई प्रयटनको गन्तब्य बनाई रहदा सुनसरीको वराहक्षेत्र नगरपालीकामा रहेको सूर्यकुण्डलाई पनि पूर्वकै गन्तव्य स्थलको रुप दिन सक्ने स्थानको रुपमा हेरिएको छ ।वराहक्षेत्र नगरपालीका वडा नं १ मा रहेको प्राकृतिक छटाले युक्त स्थान पुग्न वराहक्षेत्रको चतरा र धरानको मङगबारे हुँदै पडाडि कच्चि बाटो बाट पुग्न सकिन्छ । धनकुटाको आहाले र धरानको बिष्णुपादुकासंग जोडिएको सुर्यकुण्ड दुई पाङ्गे मिटर र साना साना भ्यान र लाईल लेभर गाडिबाट पुग्न सकिन्छ । पहाडी क्षेत्रमा रहेको सूर्यकुण्ड राम्रो पर्यटकीय क्षेत्र भएपनी सो क्षेत्रको प्रवद्र्धन हुन नसक्नु र आवश्यक भौतिक सुविधाको विकास हुन नसक्नु जस्ता कारणले पछि परिरहेको भान जो कोहिलाई पर्न जान्छ। सुर्यकुण्डबाट देखिने चतरा बजार, सप्तकोशि नदि , कोका नदी , खोल, हरियाली डाडा,पाखा छहाराले गर्दा प्राकृतीक रुपले त सुन्दरता युक्त सुर्यकुण्ड एैतिहासि, धार्मिक र सास्कृतिक रुपले पनि सुसम्पन छ।एतिहासिक जंगवहादुरले रोपेको बिपलको रुख, आदि वराह सुर्यकुण्ड, भवानीथान, गप्तेश्वर जस्ता मन्दिरले एैतिहासिकता र धार्मिकतालाई झल्काउदछ भने त्यहा बसोबास गर्न आदिवासि जनजातिहरुको संस्कृतिले किरातजातिको कला, संस्कृती रिति रिवाज , भाषा , जिवनशैलीले पुर्खौली परमपरालाई जिवनत बनाएको पाइन्छ । बैसाख पहिनामा र उदेली र उभेली पर्वको दिन लाग्ने मैलाले त झन सुर्यकुण्डले किरात संस्कृतीलाई जोगाई राखेको महशुष गराउदछ । प्राय राई जातिको बसोबास गर्ने सुर्यकुण्डमा स्थानियहरुको जिबिको पार्जन कृषिबाटै गरिरहेका छन्। अदुवा, हर्दि , अमलिसो, कोदो, केरा जस्ता नगदेवाली उत्पादन सुर्यकुण्डबासीहरुले गर्दै आएका छन् । आफुले उत्पादन गरेको बस्तु बिक्रि गराउन हरेक साताको सोमवार र बिहिबार चतरा आउने सुर्यकुण्डबादिको दैनिकि जस्तै छ । प्राकृतिक, धार्मिक, एैतिहासिक र सास्कृतिक रुपमा सम्रिक्षित सुर्यकूण्डलाई नगरपालिकाले पर्यटकीय क्षेत्रको रुपमा विस्तार गर्नका लागी सूर्यकुण्ड संग सडक सञ्जाल जोड्ने स्तरिय सडक, सो क्षेत्रमा भिउ टावर निर्माण गर्ने जस्ता कामहरुलाई महत्वको साथ अगाडि बढाए भेडेटारको तिर्सना वराहक्षेत्रकै सुर्यकुण्डले मेट्ने कुरामा कुनै शका छैन । प्रदेश नं १ को चालु आर्थिक बर्षको बजेटमा सुर्यकुण्ड हुँदै केवल कार बनाउने योजनाले त झन सुर्यकुण्डको भाग्य र दिशा नै परिवर्तन गर्ने आकडन गरिएको छ ।वराहक्षेत्र नगरपालीकाले पनि सुर्यकण्डको बिकास गराउन यस आर्थिक वर्षमा महत्वका साथ हेरीने छ । वराह खवर पत्रिकाकासंग कुरा गर्दै नगरपालीकाका उप प्रमुख कमला मगरले सुर्यकुण्डमा भिऊ टाउर , सडक निर्माण जस्ताकामलाई प्रथामिता राखेको बताईन ।नगर भित्र भेडेटार जतिका स्थानहरु छन् । तर त्यसको व्यवस्थापन, प्रचार प्रसार हुन सकेको छैन । त्यसैले हामीसंग भएका श्रोत साधनहरुको प्रयोग गर्न सके नगरपालीकानै लाभान्वीत हुने हुँदा सो क्षेत्रलाई हामीले विकास गर्ने लक्ष्य लिएका उपप्रमुख मगर बताउछिन । सूर्य कुण्ड क्षेत्रमा होम इस्टे तथा स्तरिय होटलहरु समेतको निर्माण गर्न सके सो क्षेत्र पक्कै पूर्वी तराइका जिल्लाहरु सुनसरी, सप्तरी, मोरङ् झापाका आन्तरिक पर्यटकहरुको गन्तव्य स्थान बन्न सक्ने कुरामा आफु विस्वस्त रहेको समेत उप मेयर मगरले बताईन। तराईसंग छोटो दुरी वराहक्षेत्र , चतराधाम , बिष्णुपादुका र धरानको नजिकै रहेको सुर्यकुण्ड आफैमा पनि सर्वगुण सम्पन छ ।हरावरा डाडा पाखा रहेको सो क्षेत्र आन्तरिक पर्यटनलाई लोभयाउन सक्ने स्थानको रुपमा रहेको छ । जसरी भेडेटार पुग्न धरानदेखि सुन्दर घुम्ति बाट छन सोही अनुरुपको चतरादेखि सुर्यकुण्ड पुग्न सोही अनुशरको भोगौलिक सुन्दरता रहेको छ। सुर्यकुण्ड पुग्न अहिलेको भौगौलिक जटिल्तालाई हटाउन र सुर्यकुण्डका सम्पतीहरुको प्रचार गर्न सके सुर्यकुण्डले भेडेटारको तिर्सना मेटाउनेमा कुनै शंका छैन ।

तपाईको प्रतिक्रिया