चन्दन रौनियार /सुनसरी, भाद्र २५ / सुनसरी जिल्लाको छुट्टा-छुट्टै स्थनमा सोमवार विहान सवारी दुर्घटनामा परी ३ जना घाईते भएका छन् । कोशी राजमार्ग अन्तर्गत धरानबाट गाईघाट जाँदै गरेको ना ५ ख ६५६६ नम्बरको बस आँफै अनियन्त्रित भई बिहान ६ बजे सडकमा पल्टिएको थियो । दुर्घटनामा परि बसमा सवार सुनसरी धरान उप-महानगरपालिका-८ बस्ने १९ बर्षीया ईक्शा लिम्बु घाईते भई उपचारका लागि तरहरा स्थित स्थानीय मेडिकलमा पठाईएको छ । दुर्घटना पश्चात तत्काल चालक फरार रहेकोले खोजीकार्य भईरहेको प्रहरी चौकी तरहराले जनाएको छ । त्यसैगरी सुनसरी जिल्लाको दुहवी नगरपालिका-८ स्थित जुटमिल अगाडी बसले ट्रकलाई ठक्कर दिँदा बसमा सवार २ जना घाईते भएका छन् । ईटहरीबाट बिराटनगर आउँदै गरेको ना.३ ख ५६७८ नम्बरको ट्रकलाई सोही दिशाबाट आउँदै गरेको ना. ४ ख ९६३८ नम्बरको बसले पछाडीबाट ठक्कर दिएको थियो । ठक्करबाट बसमा सवार उदयपुर रामपुर ठोक्सिला नगरपालिका-४ बस्ने बर्ष ३५ को गौतम राई र निजकै श्रीमती बर्ष ३२ कि गीता राई घाईते भई उपचारका लागि सोनापुर स्थित स्थानीय मेडिकल पठाईएको छ । बस, ट्रक र दुबै जना चालकलाई ईलाका प्रहरी कार्यालय दुहबीको नियन्त्रणमा राखिएको प्रहरी निरिक्षक रामनारायण माझिले जनाएको छ
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
तालतलैयामा आन्तरिक पर्यटकहरु आउने क्रम सुरु
इटहरी । लामो समय देखि सुनसान बनेका पुर्वी नेपालका पर्यटकीय क्षेत्रहरुमा क्रमश मानविय चहलपहल वढ्न थालेको छ । कोरोना कहरका...
प्रेस युनियन सुनसरीद्धारा पत्रकारहरुको दुर्घटना बीमाको लागि आवश्यक डकुमेन्ट जुटाउन आग्रह
नेपाल प्रेस युनियन सुनसरीले जिल्लाका पत्रकारहरुको दुर्घटना बीमाको लागि आवश्यक डकुमेन्ट जुटाउन तयारी थालेको छ । शनिबार इट...
इटहरीकी दुवै मृगौला फेल भएकी सिताकाे याचना, सहयोग पाए बाच्ने थिए
इटहरी / सुनसरीको इटहरी ४ की ४७ बर्षिया सिता कुमारी ओस्ति लामो समय देखि मृगौला रोगले पिडित छिन् । बिगत ७ बर्ष देखि मृगौला...
कोरोनाबाट ३१९ नेपालीको निधन
कोभिड–१९ को सङ्क्रमणबाट विदेशमा थप दुई नेपालीको निधन भएको छ। गैरआवासीय नेपाली सङ्घका अनुसार यस साता बेलायतमा एक र दक्षिण...
नयाँ प्रजातिको कोरोनाले सन् २०२१ झन् कठिन हुने डब्ल्युएचओको चेतावनी
नयाँ प्रजातिको कोरोना भाइरसको संक्रमणले सन् २०२१ झन् कष्टकर हुने विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले चेतावनी दिएको छ ...
चलचित्रकर्मीकाे बनभोज कार्यक्रम तथा कलाकार भेला
इटहरी । कोरोना कहरका कारण सुस्ताएको फिल्मी क्षेत्रलाई सक्रिय बनाउन लागि परेको नेपाल चलचित्रकर्मी महासंघ प्रदेस नम्बर १ले...