झापाको शिबसताक्षी १० स्थीत दोमुखामा पछिल्लो दिनहरुमा आन्तरिक पर्यटकहरुको आर्कषण बडदै गएको छ । यस क्षेत्रको प्राकृतिक मनोरम दृष्य संगै कन्काइमाई खोलामा निर्माण भएको झोलु¨े पुल आनन्द लिन आउने आन्तरिक पर्यटकहरुको संख्या बढदै गएको हो । काठमाडौबाट झापा आउनु भएका रमित सिजापति दोमसखा आईपुग्दा निकै आनन्द महसुस गर्नु भयो । झोर्लुङ्गे पुल र यहाँको मनोरम प्राकृतिक वातावरणले उहाँको मन निकै लोभ्याएको प्रतिक्रिया दिनुभयो ।

काठामाण्डौका सिजापति मात्र हैन भारतको मनिपुरवाट याहाँ आउनु भएका गोपाल रसलाईली पनि दोस्रो पटक दोमुखा आउनु भयो । पहिलो पटक आउदाको क्षणलाई भुल्न नसकेपछि पुन उहाँ दोस्रो पटक पनि दोमुखा आएका बताउनु भयो । झापाको शिबसताक्षी नगरपालीका १० को दोमुखा सम्म पुग्न पूर्व पशिचम मुख्य राजमार्गको माइधारबाट ५ किलोमिटर उतरमा इलामको सिमाना चुरेक्षेत्रको ताराइ भागमा पर्दछ ।

यो ठाउमा बाह्य पर्यटक समेत आउने गरेका छन् । बिदा को समयलाई उपयोगगर्दै यहाँको प्रकृति, झोलु¨े पुल र सामुहिक बनभोजकालागि समेत मानिसहरु आउने गरेको पाइन्छ ।

स्थानीय प्रकृतिक स्रोत र साधनहरुसम्म सर्वसाधारणहरुको पहुच पुग्न सक्नेगरि प्रर्बधन गर्नसके आन्तरिक तथा बाह्य पर्यटन मा रामै्र टेवा पुग्न सक्छ भन्ने यो एउटा गतिलो उदाहरण पनि बनेको छ ।

तपाईको प्रतिक्रिया