भोजपुर । गत आर्थिक वर्ष भोजपुरमा आठ करोड वढी राजस्व संकलन भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय कार्यालयले दिएको जानकारी अनुसार विभिन्न ३० वटा शिर्षकमा आठ करोड ६० लाख ३० हजार ५९० रुपैया राजस्व संकलन भएको हो ।
कार्यालयका अनुसार गत वर्ष सबै भन्दा वढी सम्पती बहाल तथा पट्टा वापतको आयमा लाग्ने करबाट दुई करोड ५४ लाख ४७ हजार ५४२, एकलौटि फर्म तथा व्यक्तिगत आयमा लाग्ने करबाट एक करोड ८७ लाख ६५ हजार २ सय ९० राजस्व संकलन भएको छ ।
त्यस्तै पारिश्रमिकमा आधारित सामाजिक सुरक्षा करबाट एक करोड ३७ लाख ५० हजार ५ सय, पारिश्रमिक करबाट एक लाख ६० हजार ९ हजार ५७०, पूंजीगत लाभ करबाट ११ लाख ८ हजार ६ सय ६३ लगाएत अन्य विभिन्न शिर्षक अन्तर्गत सो बराबरको राजस्व संकलन भएको कोष तथा लेखा नियन्त्रक कार्यालय भोजपुरका सुचना अधिकारी राजेन्द्र प्रसाद भटट्राईले जानकारी दिए ।

तपाईको प्रतिक्रिया