इटहरी । यामाहा मोटरसाईकल तथा स्कुटरको आधिकारिक विक्रेता तिरुपति अटो सिटी इटहरीेले डिजिटल मिटर सहितको रे जेडआर स्कुटर बजारमा ल्याएको छ । उद्योग वाणिज्य संघ इटहरीका कार्यवाहक अध्यक्ष शैलेश विष्ट र नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष अमर खड्काले तिरुपति अटो सिटीले विक्रीका लागि बजारमा ल्याएको रे जेडआर स्कुटरको नयाँ संस्कृरणको स्ट्रिट ¥यालीको ओपनिगं गरेका हुन । विश्वमै प्रतिष्ठित मोडेलबाट प्रभावित भएको आकर्षण र नेपाली माटो सुहाउदो रे जेडआर स्कुटर सिरिजको नयाँ संस्करण स्ट्रिट ¥याली तिरुपति अटोले एक कार्यक्रम गरी विक्रीका लागि बजारमा ल्याएको जनाएको हो । आधुनिक प्रविधियुक्त ११३ सिसीमा उपलव्ध रहेको रे जेडआरमा चालकको हातको सुरक्षाका लागि नकल गार्ड , फ्रन्ट डिस्क ब्रेक एण्ड एलोइ ह्विल रहेको हेर्दा पनि आकर्षक रहेको जनाइयो । नेपाली बजारमा दुई लाख ८ हजार ९सय मुल्य पर्ने सो कार्यक्रममा तिरुपति अटो सिटीका सञ्चालक संयोग पराजुलीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया