इटहरी । सुनसरीमा सुरक्षित गर्भपतनको सेवा लिनेको संख्या बढ्दो क्रममा रहेको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालय सुनसरीको तथ्याङक अनुसार पछिल्लो समय सुरक्षित गर्भपतन गराउनेको संख्यामा वृद्धि हँदै गएको हो ।  आर्थिक वर्ष २०७१।०७२ मा २ सय ३१ रहेको संख्या त्यसपछिको आवमा क्रमश वृद्धिहुदै ७ सय ५६, ९ सय ३६ र २०७४।०७५ सम्ममा आइपुग्दा १ हजार २ सय ९३ पुगेको छ । बढ्दो जनसंख्याका अनुपातमा यो संख्या निम्न भएप

नि सुरक्षित गर्भपतन गराउनेको संख्यामा वृद्धि हुँदै जानु बढ्दो सचेतना र जागरुकताका कारण भएको स्वास्थ्यकर्मी बताउँछन् ।

इनरुवा अस्पतालमा आइपासको सहयोगमा आयोजित सुरक्षित गर्भपतन सेवा बारे लान्छना न्यूनिकरण सम्वन्धि संचारकर्मीसँगको अन्तरकृयाका क्रममा पब्लिक हेल्थ नर्स झरना गिरीले सरकारी तथ्याङकलाई मात्र हेरेर सन्तोष गर्ने अवस्था भने नरहेको बताइन ।

गिरीका अनुसार स्विकृत प्राप्त सरकारी स्वास्थ्य संस्था मार्फत हुने सुरक्षित गर्भपतनको अनुपातमा नीजि क्लिनिक र स्वास्थ्य संस्थाबाट गरिने गर्भपतनको संख्या चार गुणा बढी छ । दक्ष र अनुभव प्राप्त स्विकृत स्वास्थ्य संस्था बाहेकको हकमा गरिने गर्भपतन असुरक्षित हुने हुनाले त्यसबाट निम्तन सक्ने जोखिम प्रति स्वयं सहज हुन आवश्यक रहेको इनरुवा अस्पतालकी मेसु डा. बिना शाक्यले बताइन ।

सुनसरीमा नेपाल सरकारबाट मान्यता पाएका १८ वटा स्वास्थ्य संस्थाबाट सुरक्षित गर्भपतनको सेवा लिन सकिन्छ । आइपासको सहयोगमा १९ जिल्लाका २१ वटा अस्पतालमा सुरक्षित गर्भपतन सेवा सञ्चालित रहेको छ ।

तपाईको प्रतिक्रिया