नविन दहाल/ ईटहरी । विश्व प्राथमिक स्वास्थ्य उपचार दिवश २०१८(सेक्टेम्वर८)को अबसरमा ईटहरिमा प्राथमिक स्वास्थ्य उपचार तालिम सम्पन्न भएको छ ।  सडक दुर्घटनालाई पहिलो प्राथमिकता’ भन्ने मूल नाराको साथ विश्व भरि विविध कार्यक्रम उक्त दिवश मनाईरहेको बेला ईटहरीको युवा विकास केन्द्रमा प्राथमिक स्वास्थ्य उपचार तालिम सम्पन्न भएको हो  ।
   हेल्पिङ्ग युथ ईटहरीको आयोजना तथा नेपाल रेडक्रस सोसाइटि उप शाखा र नेपाल अटोमोविलाइज एसोसिएसनको सहकार्यमा तालिम सञ्चालन गरिएको हो । शनिबार दिउसो १२ बजे बाट सुरु भएको कार्यक्रमको प्रमुख अतिथित्व नेपाल रेडक्रस सोसाइटि उप शाखा सुनसरीको अध्यक्ष विमल पौडेलले गरेका थिए भने  सभाध्यक्षको भूमिकामा हेल्पिङ यूथ ईटहरीका अध्यक्क्षय विकल पौडेल थिए । उक्त तालिमको प्रशिक्षक युथ फर व्लडको केन्द्रिय अध्यक्ष अतित गुराँगाइ रहेका थिए ।
सामान्यतः  प्राथमिक उपचार भनेर दुर्घटना भए देखि घाईतेलाई अस्पताल नपुर्याउनजेल  सम्म मानिसको मृतु हुन नदिनका निम्ति गरिने उपचारलाई भनिन्छ । युवामा प्राथमिक स्वास्थ्य उपचार सम्वन्धि चेतना पुर्याउने उदेश्यले उक्त तालिम सञ्चालन गरिएको आयोजकले बताएको छ । प्राथमिक उपचारको प्रयोगले सन् २०२० सम्ममा ५० प्रतिशत दुर्घटनामा परेका मानिसलाई बचाउने विश्व स्वास्थ्य संगठनले लक्ष्य लिएको अतित गुराँगाइले बताएका छन ।
     उक्त तालिममा सुनसरी जिल्ला  भरिका २० भन्दा बढि युवाको सहभागिता रहेको थियो । तालिममा सहभागि युवाहरु निकै नै उत्साहित देखिन्थे ।

तपाईको प्रतिक्रिया