सुन्दरहरैचा, आज कुसे औसि तथा बुवाको मुख हेर्ने पर्व । देश भर विभिन्न कार्यक्रम गर्दै मनाईदैछ । त्यसैगरी सुन्दरहरैचा नगरपालिका वार्ड नं ३ ले कुसे औसि तथा बुवाको मुख हेर्ने पर्वको अवसर पारी आज समुहिक पिता सम्मान कार्यक्रम आयोजना गरेको छ । वार्डले ७० वर्ष नाघेका पुरुष ज्येष्ठ नागरिकहरुको सामुहिक पिता सम्मान कार्यक्रमको आयोजना गरेको हो । सुन्दरहरैचा नगरपालिका वार्ड नं ३ को आयोजनामा तथा वार्ड नं ३ का विभिन्न संघ सस्थाको सहयोगमा सम्पन्न भएको कार्यक्रमको सभापतित्व सोही वार्ड का वार्ड अध्यक्ष जीवन प्रसाद ढुंगानाले गर्नु भएको थियो भने प्रमुख अतिथी सुन्दरहरैचा नगरपालिकाका नगरप्रमुख शिव प्रसाद ढकाल र विशिष्ट अतिथी नगर उपप्रमुख धनमाया तामाङको रहेको थियो भने विभिन्न

सघं सस्थाका प्रतिनिधिहरु अतिथिको रुपमा रहनु भएको थियो । वार्डले पिता सम्मान कार्यक्रमको आयोजना गर्नु का सा

उने कार्य समेत शुरु गरि सकेको बताउनु भयो । साथै जेष्ठ नागरिकको लागि टोलमा जेष्ठ नागरिक भवन बनाउने समेत कार्यको केही दिनमै शुरुवात हुने बताउनु भयो । कार्यक्रममा बोल्दै विशिष्ट अतिथी नगर उपप्रमुख धन माया तामाङले आज एक दिन कुसे औसि तथा बुवाको मुख हेर्ने दिन मात्र हैन सधै बुवा आमा हरु प्रती हेरविचार गरिनु पर्छ भन्दै सम्पुर्ण बुवाहरुलाई सम्मान व्यक्त गर्नु भएको थियो । कार्यक्रममा बोल्दै वार्ड नं ३ का वार्ड अध्यक्ष जीवन प्रसाद ढुंगानाले वार्डले आयोजना गरेको यस कार्यक्रम नगरभरी कै पहिलो कार्यक्रम र उत्कृष्ट कार्यक्रम भएको बताउनु भएको छ । उहाले आज यस कार्यक्रम जेष्ठ नागरिकहरुको सम्मान कार्यक्रम शुरुवाती मात्र भएको बताउदै उहाले आज बुवाको मुख हेर्ने दिन बुवाहरुलाई सम्मान गरेको साथै आमाको मुख हेर्ने दिन आगामी वैशाख मा आमाको मुख हेरेर जेष्ठ नागरिक सम्मान कार्यक्रमलाई निरन्तरता दिने बताउनु भयो । वार्ड नं ३ ले १५० भन्दा बढिलाई दोशल्ला सहित फलफुल तथा निशुल्क स्वास्थ्य उपचार गरेर जेष्ठ नागरिकको सम्मान गरेको थियो ।थै पिताहरुको स्वास्थ्य उपचारको लागि निशुल्क स्वास्थ्य शिविर समेत सञ्चालन गरेको थियो । वार्डले वार्डमा भएका १५० जना भन्दा बढी पिताहरुलाई सम्मान गर्नुको साथै निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । वृद्ध पिताहरुलाई कार्यक्रमम सम्म आउन असहज हुने भएकोले वार्डले जनही पिताहरुलाई रु १५० यातायात खर्छ समेत दिएर कार्यक्रम सम्म ल्याउने कार्य गरेको थियो । सोही कार्यक्रममा बोल्दै प्रमुख अतिथी नगरप्रमुख शिव प्रसाद ढकालले सम्पुर्ण बुवाहरुको स्वास्थ्य दिर्घायुको कामना गर्दै नगरले ८० वर्ष कटेको वृद्धहरुलाई वृद्ध भता लिन नसक्ने भएको हुदा वृद्ध भता घरमै लगेर वितरण गर्ने साथै नगरले जेष्ठ नागरिक भवन बना

तपाईको प्रतिक्रिया