अच्युत भट्टराई /बराहक्षेत्र ।  सुनसरीको बराहक्षेत्र नगरपालिकाको कार्यालय पछाडि रहेको ईलाका बन कार्यालय संगै जोडिएको बस्ती वरिपरिका रुखहरु सुक्दा दुर्घटनाको जोखिम बढेको छ ।
एक सय भन्दा बढिको संख्यामा रहेका यी सखुवाका रुखहरु कम्तीमा सय बर्ष पुराना रहेको स्थानीयहरु बताउँछन् ।
३० देखि ४० मिटर सम्म अग्ला रुख सुक्नु मात्रै हैन मकाउन समेत थाले पछि बस्तिका मानिसहरुलाई कतिखेर रुखले किचेर मार्ने हो भन्ने त्रास बढेको स्थानीय भिम बहादुर दर्जी बताउँछन् । दर्जी भन्छन् खतरा बढे पछि रुख काट्नु पर्छ भनी बन कार्यालयमा अनुरोध गर्दा तपाईंहरु ऐलानी जग्गामा रुखको फेदमा जानीजानी घर बनाउनु हुन्छ अहिले केही गर्न सकिँदैन भन्ने जबाफ पाइयो ।

कहिलेकाही रुखको बोक्रा मात्रै उक्किएर झर्दा पनि घरको टिन कुच्याइदिने प्वाल नै पारिदिने गरेको स्थानीयहरु बताउछन् । ठूलो हावा पानी आएमा रुख भाचिने खतरा छ । यदि रुख ढलेमा घर लगायतका संरचना नष्ट गर्ने पक्का त नै छ साथै यहाँ मानिसको ज्यान पनि जान सक्ने हुदा सम्बन्धित निकायले बेलैमा बिचार पुर्याउनु पर्ने बराहक्षेत्र ७ का सुर्य राई बताउँछन् । उता इलाका बन कार्यालय चक्रघट्टीका प्रमुख मनोज न्यौपाने भन्छन् यस्तो खतराको अवस्था नै सृजना हुँदा वहाँहरु बाट निवेदन आयो भने प्रक्रियामा जान सकिन्छ । जिल्ला बन कार्यालयले निर्णय गर्नु पर्छ । निर्णय भएर सिफारिस आयो भने मात्र हटाउन मिल्ने प्रमुख न्यौपाने को भनाइ छ ।

 

 

तपाईको प्रतिक्रिया