इटहरी । पोखरेल बशं प्रतिष्ठान युवा परिषद नेपालले पुर्व क्षेत्रमा वसोवास गर्ने पोखरेल बशंका युवाहरुलाई भेला गराई तिज विशेष कार्यक्रमको आयोजना गरेको छ ।
तिजको अवसर पारेर विभिन्न ठाउँबाट पुर्वी नेपाल वसोवास गर्दै आएका चेलीहरुलाई निमन्त्रण गरेर तिज विशेष कार्यक्रमको आयोजना गरिएको वताइयो । युवा परिषदले नेपाली हिन्दु महिलाहरुको महान पर्व तिजको अवसर पारेर माइती र चेलीहरुको भेट गराउने उद्धेश्यले तिज विशेष कार्यक्रमको आयोजना गरिएको परिषदका सल्लाहकार दिवस पोखरेलले जानकारी दिए । युवा परिषदकी अध्यक्ष संगिता पोखरेलको अध्यक्षतामा भएको तिज विशेष कार्यक्रममा पत्रकारिताका माध्यमबाट जनसेवाका क्षेत्रमा महत्वपुर्ण योगदान गरेको भन्दै राष्ट्पतिबाट प्रवल जनसेवा श्री पदकबाट बिभूषित एभिन्युज खबरका इटहरी व्युरो प्रमुख सचिन पोखरेललाई सम्मान गरियो । पोखरेल बंशको नाम उच राखेको भन्दै युवा परिषदकी अध्यक्ष संगिता पोखरेल ,समाजसेवी मिथिला पोखरेल लगायतले सम्मान गरेका थिए । सो कार्यक्रममा चेलीहरुलाई रमेश पोखरेल, उमेश पोखरेल, अनिल पोखरेल लगायतले तिजको शुभकामना साथै पत्रकार पोखरेललाई सम्मान तथा शुभकामना व्यक्त गरेका थिए ।