इटहरी । नाचगानसंगै तिज विशेष कार्यक्रमको आयोजना गर्ने क्रम वढेसंगै पुर्व क्षेत्रमा स्थानिय गायिकाहरुले यस्ता कार्यक्रमहरुमा रौनकता वढाउन थालेका छन । पुर्व क्षेत्रको एक विकसित सहर इटहरीमा केही समय अघि देखि दैनिक जसो हुने तिज विशेष कार्यक्रममा स्थानीय गायिकाहरुका प्रस्तुतिले रौनकता वढाउने गरेको हो ।

इटहरी क्षेत्रमा विभिन्न संघसंस्थाहरुले आयोजना गर्ने तिज विशेष कार्यक्रमहरुमा        थानिय गायिकाहरुसंगै महिलाहरुले कम्मर मर्काउदै नाचगान गरेको देखिन्छ । पछिल्लो केही वर्ष देखि पुर्व क्षेत्रका महिलाहरु विभिन्न संघसंस्थामा आवद्धता हुने क्रमसंगै संघसंस्थाहरुले महिला लक्षित तिज विशेष कार्यक्रमलाई समेत प्राथमिकता दिन थालेका छन । हेरक वर्ष राजनैतिक दल , सहकारी , व्यवसायीक प्रतिस्ठानहरुले समेत तिज विशेष कार्यक्रम गर्न थालेसंगै तिजका गितहरु गाउने गायिकाहरुको संख्या समेत वढ्न थालेको छ । द साहरा सेभिगं कोओपरेटीप सोसाइटी लिमिटेडले आयोजना गरेको तिज विशेषको मुख्य आकर्षणका रुपमा स्थानिय गायिकाहरु चन्दा खड्का , सुनिता कटुवाल र गिता भट्टराई रहेका थिए । उनीहरुले आफना तिज गित गाउदै तिज विशेष कार्यक्रमको रौनकता वढाएका थिए ।इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमको प्रमुखआथित्यतामा तथा शुशिला देवी कार्कीको संयोजकत्वमा भएको तिज विशेष कार्यक्रममा महिलाहरुले तिज गितमा नाचगान गर्ने देखि दर समेत खुवाइएको थियो । कार्यक्रमका अतिथी तथा कलकारहरुका लागि मायाको चिनो सौजन्य न्यु शुभ लक्ष्मी कस्मेटिक र शुभ लक्ष्मी फैन्सी स्टोर इटहरीले गरेको कार्यक्रम संयोजक शुशिला देवी कार्कीले जानकारी दिइन । द साहारामा कार्यरत कर्मचारी तथा शेयर सदस्यहरु पनि बहुसंख्यक महिलाहरु रहेका कारण समेत तिज विशेष कार्यक्रमको आयोजना गरिएको वताइयो ।

तपाईको प्रतिक्रिया