इटहरी । सुनसरीको रामधुनी नगरपालिका क्षेत्रलाई केन्द्र वनाएर सामाजिक गतिविधिमा सक्रिय रहदै आएका तीन   लवले संयुक्त रुपमा पदस्थापना कार्यक्रम गरेका छन ।

लान्यस क्लव अफ रामधुनी ,लान्यस क्लव अफ कोशी रिभर र लान्यस क्लव अफ ग्रिनसिटीले संयुक्त रुपमा पदस्थापना कार्यक्रम गरेका हुन ।

लायन्स क्लव अफ इन्टरनेशनल अफिसर डिष्ट्ीक गर्भनर अनन्दप्रसाद भेटवालको प्रमुख आतिथ्यतामा सम्पन्न पदस्थापना कार्यक्रममा वर्ष २०१८ ,१९का लागि तीनवटै क्लवका अध्यक्षहरुलाई कार्यभार हस्तान्तरण गरियो । वर्ष २०१७ । १८ का लायन्स क्लव अफ रामधुनीका अध्यक्ष हर्सलाल चौधरीले २०१८ । १९का अध्यक्ष दुर्गाप्रसाद फुयाललाई पदभार हस्तान्तरण गरेका हुन त्यसै गरी वर्ष २०१७ । १८ का लायन्स क्लव अफ रामधुनी सिटीका अध्यक्ष डिल्ली कार्कीले २०१८ । १९का अध्यक्ष डेगेन्द्र फुयाललाइ र वर्ष २०१७ । १८ का लायन्स क्लव अफ कोशी रिभरका अध्यक्ष कुमार श्रेष्ठले २०१८ । १९का अध्यक्ष दयाराम रेग्मीलाई पदभार हस्तान्तरण गरेका हुन । सोही कार्यक्रमका अवसरमा पत्रकारिताका क्षेत्रका सामाजिक विकासमा योगदान गरेको भन्दै एभिन्युज खवरका इटहरी व्युरो संवाददाता कृष्ण भट्टराई लगायतका तीन जना सञ्चारकर्मीहरुलाई समेत सम्मान गरियो । सम्मानित सञ्चारकर्मीहरुमा एभिन्युजकर्मी भट्टराई सहित मर्निगं टाइम्स दैनिक धिरेन्द्र चौधरी र रामधुनी एफएमका सुनिल चौधरीलाई सम्मान गरिएको हो । सम्मानित सञ्चारकर्मीहरुलाई कार्यक्रममा प्रमुख अतिथी भेटवालले सम्मान पत्र र नगद सहित सम्मान गरेका हुन ।

तपाईको प्रतिक्रिया