इटहरी/ ग्रिनपिस नमुना कलेजको कक्षा १२ का विद्यार्थीहरुले नव आगन्तुक कक्षा ११ का विद्यार्थीहरुलाइ एक कार्यक्रम आयोजना गरि स्वागत गरेका छन । कार्यक्रममा नयाँ विद्यार्थीहरु लाई स्वागत तथा शैक्षिक सफलताको कामना गर्दै विद्यालयले सदैव स्वागत, प्रोत्साहन तथा कदर गर्ने विशिष्ट अतिथि चिरन्जीवि तिमील्सीनाले बताए । त्यस्तै कार्यक्रमका प्रमुख अतिथि कलेजका पाचार्य धर्म न्यौपानेले कलेजले उत्पादन गरेका विद्यार्थी विभिन्न क्षेत्रमा रहेर राम्रो प्रगती गर्दै आएको अवगत गराउदै आगामी दिनहरुमा अझै राम्रो दक्ष जनशक्ति उत्पादन गराउन लागी परिरहने प्रतिवद्धता व्यक्त गरेका थिए । कार्यक्रममा बिभिन्न मनोरन्जनात्मक साँस्कृतिक नृत्य प्रस्तुत गरिएको थियो ।   

तपाईको प्रतिक्रिया