मदन अधिकारी / प्रकाशपुर बराहक्षेत्र नगरपालिका वडा नम्बर १० अवस्थित धरहरा कृषि शहकारी संस्था , ग्रामिण स्वावलम्ब विकाश केन्द्र र बराहक्षेत्र नगरपालिकाको संयुक्त आयोजनामा बुधवार एक दिने निशुल्क धान बालि परीक्षण कार्यक्रम सम्पन्न भएको छ । लगभग पाच सयको हाराहारी मा कृषकहरुको निशुल्क धन परीक्षण गरिएको सोही सहकारी संस्थाका अध्यक्ष कृष्णमडि अधिाकरीले गानकारी दिए । क्षेत्रिय कृषि तालिम केन्द्र तरहराका वैज्ञानिक किशोर भन्डारी , क्षेत्रिय कृषि तालिम केन्द्र तरहराका वैज्ञानिक नवीन कुमार दङ्गगाल , बराहक्षेत्र नगरपालिका कृषि शाखा ना.प्र.स नीर बहादुर राइको उपस्थितिमा सम्पन्न कार्यक्रममा वालि परीक्षण साथै निशुल्क औसधि तथा परामर्श समेत उपलब्ध गराइएको थियो । यस्तो कृषि सम्बन्धि विज्ञ हरु ल्याएर वालि परीक्षण निशुल्क गराइदेकोमा स्थानिय कृषक हरु हर्षित थिए । कृषक गणेश खतिवडा भन्छन् आज कृषि सम्बन्धि निशुल्क शिबिर कृषक हरुलाइ उपलब्ध गराइदिदा हामी अत्यन्त हर्षित छौ भनेका छन् ।

 

तपाईको प्रतिक्रिया