इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रमा मानिसहरुका लागि आकस्मीक उपचार सेवा पुरयाउने उदेश्यले रिमोट इमरजेन्सी एण्ड प्राइमरी केयर सर्भिस नेपाल इटहरीले तयारी थालेको जनाएको छ ।

आकस्मीक रुपमा स्वास्थ्य सेवा नपाएका कारण समेत मानिसहरुको मृत्यु हुने गरेको तर्फ मध्यनजर गर्दै प्राथमिक उपचार सेवा पुर्याउन दक्ष जनशक्ती सहितको सेवा सञ्चालन गर्न लागिएको जनाइएको हो ।

रिमोट इमरजेन्सी एण्ड प्राइमरी केयर सर्भिस नेपाल इटहरीले तालिम प्राप्त एचएक राखेर इटहरी उपमहानगरपालिका र इटहरी अस्पतालको समन्वयमा सेवा प्रदान गर्ने तयारी थालेको पत्रकार सम्मेलन गरि जनाएको छ । पत्रकार सम्मेलनमा दुर्घटनाका समयमा तत्काल प्राथमिक उपचार नपाउदा मानिसहरुले ज्यान गुमाउने गरेको तर्फ मध्यनजर गर्दै तत्काल ज्यान वचाउने गरी उपचार सेवा सहित अस्पताल पुरयाउने व्यवस्था मिलाउन लागेको अध्यक्ष राजु केसीले जानकारी दिए । आकस्मीक उपचार पद्धती सम्वन्धी सेवा पुरयाउने उदेश्य वोकेको सो संस्थाले इटहरी उपमहानगरपालिका क्षेत्रमा रहेका मानिसहरुलाई मोवायल आकस्मीक सेवा सञ्चालन गर्न थालेको समेत जनाइयो । सेवाका विषयमा संस्थाका सचिव रामकुमार धमलाले समेत जानकारी गराएका थिए ।

तपाईको प्रतिक्रिया