रबिन्द्र बराल

मोरङ ।  मोरङ र झापाको सिमाना मा रहेको रतुवा खोला मा बन्न थालेको पुल १० बर्ष बितिसक्दा समेत निर्माण सम्पन्न हुन सकेन । नेपाल सरकारले सिमाबर्ति क्षेत्रमा रहेका सडक लाई हुलाकी राजमार्ग भनेर पहिलो प्राथमिकता मा राखेता पनि अहिले त्यो भने अधुरै रहेको पाईन्छ । मोरङ र झापा मा जोडिने रतुवा खोला मा पुल निर्माण सम्पन्न नहुदाँ त्यस भेगमा रहेका अधिकान्स सर्वसाधारण हरु बिगत ३० बर्ष देखि डुङ्गा ९नाऊ० को माध्यम बाट आवत जावत गर्ने बाध्य रहेका छन । २०६५ साल मा भौतिक तथा निर्माण मन्त्री रहदा बिजय कुमार गच्छेदार ले शिलान्यास गरेको सो पुल हाल सम्म पनि निर्माण सम्पन हुन सकेको छैन । २०६६ सालमा कालिका कट्रसनले १० करोड रुपैयाँ मा ठेक्का पाएको थियो । सव कन्ट्याक्ट् मा कालिकाले गौरी पार्वती कल्ट्रसनले जिम्मा लगाएको थियो । उक्त पुल को २ सय मिटर लम्बाई गौरी पार्वती ले २०७३ सालमा निर्माण सम्पन गरेता पनि खोलको चौडाई बडि भएको हुनाले उक्त पुलको पुर्व पट्टी बाट पुनः एक सय देखि एक सय ५० मिटर को लम्बाई थप्नु पर्ने भएको हुनाले निर्माण नसकिएको सुनसरी मोरङ कुल आयोजना का निमित प्रमुख कैलाश साह ले बताए । २ सय मिटर लम्बाई कोे पुल निर्माण भई सकेता पनि पुलको उचाइ १० फिट अलगोे रहेकोहुुुुनाले पर्व र पश्चिम तर्फ सडक समेत नभएको कारण समस्या परेको स्थानीय बताउछन् । बिगत दिन वर्ष देखि उक्त खोलामा डुङ्गा ९नाऊ० संन्चालन गर्ने गौरीगञ्ज गाउँ पालिकाले वार्षिक २ लाख रुपैयाँ मा ठेक्का लगाउने गरेको छ । स्थानीय श्याम राजबंशी का अनुसार आफु हरु दैनिकी यस खोलाबाट झापाको गौरीगञ्ज आवत जावत गर्ने गरेको उनी बताउँछन् । उनले भने खोलामा सामान्य पानी हुदा डुङ्गामा मोटरसाईकल हालेर आवत जावत गर्ने गरेको भएता पनि अत्यधिक जोखिम रहेको समेत बताए । रतुमाई नगरपालिका ३ बस्ने कैलाश कुमार श्रेष्ठ ले भने रतुवा खोलामा बनाएको पुल अहिलेसम्म पनि निर्माण नसक्दा आफु हरुलाई आवत जावत गर्ने कठिनाई भएको बताए । डुङ्गा मा आवत जावत गर्दो ठेक्का लिएर डुङ्गा चलाउने ब्यक्ति हरु ले मनपरि रकम असुली गर्ने गरेको र डुङ्गामा चडेपछि सबै जनाले भवनको नाम जप्दै बस्ने गरेको फुलसरी तापजुरीया ले बताईन ।
प्रत्येक दिन खोला बाट नाउँ को साहरामा ३ सय देखि ५ सय सम्म आवत जावत गर्ने गरेका छन ।

अहिले एक व्यक्ति को २० रुपैयाँ , साईकल को १० रुपैयाँ र मोटरसाईकल को ५० रुपैयाँ लिने गरेको उनको भनाइ रहेको छ । खोलाकै कारण ले गर्दो २ बिधा खेत अहिले वालुवा मा परिर्णत भएको छ ।उनले भने बिगत बर्षमा आएको बाडिका कारण सबै खेतीयोग्य जमिन अहिले बाझै राख्न बाध्य रहेका छन । चुनाव को समयमा खोला मा तटबन्धन बाँधने नारा लिएर चुनाब जितेका नेता हरु अहिले खोला फर्काउने कुनै पहल समेत गरेको उनले आरोप समेत लगाए । स्थानीय रमेश चौधरी भन्छन खोलामा पानीको वाहव बडेपछि नाउँ ९डुङ्गा ० चलाउन नसके पछि स्थानीय हरु ले गौरीगञ्ज पुग्नका लागि मोरङको आमवाडि हुदै दमक पुगेर ३ घन्टाको समय पार गरेर जानुपर्ने बाध्यता रहेको उनी बताउँछन् ।

उर्मिला देवि ताजपुरीया ले भनिन चाडपर्व को समयमा डुङ्गा मा बडि रकम असुली गर्ने गरेका छन । अहिले मानिस र साईकलको ३० रुपैयाँ लिएता पनि चाडपर्व को समयमा ५० रुपैयाँ सम्म लिने गरेका छन । बडि रकम लिएर जनता हरु लाई दुख दिने गरेको उनले बताईन । जुन नेता आएपनि जनताको लागि भलोहुने काम नगरेको आरोप समेत लागईन । पिडारी चोक देखि १ किलोमिटर मा रहेको रतुवा खोला पुग्नका लागि अधिकान्स ठाउँ मा बिगतमा आएको बाडिका कारण सडक समेत भत्किएको र सर्वसाधारण हरुले अरुको घान खेती बाट हिड्न बाध्य रहेका छन । अरुको खेती बाट हिडदा गाली सहेर हिड्नु पर्ने बाध्यता रहेको उनी बताउछिन् । उक्त पुल निर्माण भए
र संन्चालनमा आएमा बिराटनगर देखि भद्रपुर सम्म आवत जावत गर्नेका लागि सर्वसाधारण हरुले बिराटनगर ,ईटहरी, दमक र बिर्तामोड जाने झन्झट बाट मुक्त पाउने र हुलाकी राजमार्ग को बाटो आवत जावत गर्ने छोटो र सहज हुने स्थानीय हरु बताउँछन् ।

तपाईको प्रतिक्रिया