धरान : प्रदेश नं १ को प्रमुख पर्यटकीयस्थल गन्तव्य भेडेटारको पहिचान झल्कने गरी निर्माण शुरु भएको चाल्र्स पोइन्टस्थित भ्यु टावर निर्माण कार्य अलपत्र परेको छ ।
शैलुङ डाँडाको नामले पनि चर्चित डाँडा भेडेटार घुम्न आउने पर्यटकहरुको लागि प्रमुख गन्तव्य थियो । डाँडामा उभिएको अग्लो भ्यु टावरबाट भेडेटार बजार, धनकुटा जिल्लाको अधिकांश क्षेत्र र धरान भेडेटार नागवेली सडकखण्डको मनोरम दृष्य देख्न सकिन्थ्यो । तर, २०७२ बैशाख १२ को महाभुकम्पले क्षतिग्रस्त बनेको टावरलाई

भत्काएर पुननिर्माण थालिए पनि बीचैमा अलपत्र परेको छ । तत्कालीन गाविस, पर्यटन व्यावसायीहरुको पहलमा २ बर्ष अघिदेखि टावर निर्माण कार्य थालनी भएको थियो । त्यहाँ भेडाको अग्लो भुर्ति राख्ने योजना थियो सरोकारवाला तथा भेडेटारका पर्यटनकर्मीहरु चाल्र्स पोइन्टमा भ्यु टावर नहुदा त्यहाँ पर्यटकहरुको चहल पहल कम हुने गरेको बताउछन् ।

विगतमा भ्यु टावरमा चढ्ने र तस्वीर खिच्नेहरुको घुइचो हुन्थ्इो । टावर निर्माणमा बजेट अभावसँगै स्थानीय सरकारले ध्यान नदिदा निर्माण कार्य अलपत्र बनेको हो । ‘यो टावर नहुदा भेडेटारको पर्यटनमा एउटा आकर्षक गन्तव्य कमी भएको छ, यसले पर्यटकीय गतिविधिमा असर त परिहाल्छ नि,’होटल एशोसिएशनका उपाध्यक्ष जितेन्द्र रुम्दाली भन्छन् ।

विगतको २ बर्षमा पर्यटन कार्यालय झापाबाट करिब ३० लाख हाराहारीमा बजेट आएको थियो । उक्त बजेटले टावर निर्माण कार्य थालनी भए पनि अहिले भने अलपत्र छ । भेडेटार गाविस अहिले साँगुरीगढी गाउँपालिका बनेको छ । यो गाउँपालिकाले गत आर्थिक बर्षमा १५ लाख बजेट विनियोजन गरेको थियो । तर, उक्त बजेटबाट कुनै पनि काम हुन सकेन ।

टावर निर्माण कार्यमा एक रुपैया पनि खर्च नभएपछि बजेट पनि फ्रिज हुन पुग्यो । यसले पर्यटनकर्मीहरु निराश छन् । ‘काम बजेट अभावले रोकिएको छ, तर गाउँपालिकाले बजेट विनियोजन गरेर पनि खर्च गर्न सकेन, किन काम भएन हामी अचम्म छौं,’उपाध्यक्ष रुम्दालीले भने । गाउँपालिकाले गत आर्थिक बर्षमा नमस्ते झरनालाई सुरक्षित बनाउन मात्र आर्थिक बर्षको अन्तिमतिर बजेट दिएको थियो । त्यसबाहेक जनप्रतिनिधि चुनिएर आएपछि गाउँपालिकामा पर्यटनको गतिविधि खासै हुन

नसकेको कार्यकारी अधिकृत सुवास श्रेष्ठ पनि स्वीकार गर्छन् । ‘गत बर्ष भ्यु टावरलाई बजेट छुट्याए पनि काम हुन सकेन । यो बर्ष पनि २० बर्ष छ, अब चै काम गछौं,’उनी भन्छन् ।

यो बर्ष भने भेडेटार र आसपासको पर्यटनलाई समेटेर एकीकृत गुरुयोजना बनाउने श्रेष्ठको भनाई छ । होम स्टेको प्रर्वद्धन, अग्र्यानिक पकेट क्षेत्र बनाउने, ओख्रेको टावरलाई अझ व्यवथित गर्ने योजना रहेको पनि उनले खुलाए ।

तपाईको प्रतिक्रिया