इटहरी । गुणस्तरीय शिक्षामा जोड दिदै इनरुवाको एक विद्यालयमा शिक्षक विद्यार्थी दुवैलाई जवाफदेही वनाउने उद्धेश्यले सिसिटिभी क्यामरा जडान गरिएको छ ।

इनरुवा नगरपालिका वडा नम्वर ५बलाहामा रहेको शारदा उच्च माविमा सिसिटिभी क्यामरा जडान गरिएको हो । वडा नम्वर ५ वडा कार्यालयले विद्यालयको पठनपाठनमा विद्यार्थी र शिक्षक दुवैलाई जवाफदेही वनाउने उद्धेश्यले करिव दुई लाखको लागतमा सिसिटिभी क्यामरा र विद्युतीय हारिजी गर्ने प्रविधि जडान गरिएको जनाइयो । विद्यालयमा जडान गरिएको सिसिटीभीको इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले एक कार्यक्रमका विच उदघाटन गरे । सिसिटीभी जडानले विद्यालयको शिक्षाको गुणस्तरमा वृद्धि गर्ने नगर प्रमुख मेहताले विश्वास व्यक्त गरे ।

सिसिटिभी क्यामरा तथा विद्युतिय हारिजी उपकरणको उदघाटन कार्यक्रममा बोल्दै आफनो वडामा शिक्षाको गुणस्तरका लागि विभिन्न कार्यहरु गरिने वडाध्यक्ष अञ्जनीकुमार पोखरेलले वताए । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खेमराज पोखरेल लगायतले वोलेका थिए । शिक्षा क्षेत्रको गुणस्तर वृद्धिमा नयाँ प्रविधिहरुको प्रयोग वढाउदै विद्यालयहरुलाई समेत प्रविधि मैत्री वनाउने योजनामा नगरपालिका लागेको सो अवसरमा जानकारी गराइयो ।

तपाईको प्रतिक्रिया