अहिले नेपालि समाजमा सबैभन्दा ज्यादा आयोजना हुने कार्यक्रम भनेकै सुन्दरी प्रतियोगिता भनेर बुझ्नलाइ कुनै संकोच छैन। महिलामा भएको प्रतिभा क्षमता लाई देखाउने माध्यम सुन्दरी प्रतियोगिता मात्र हो जस्तो गरि सिमित प्रस्नहरुको उत्तर मा कुनै एउटा स्केलमा युबतिहरुलाइ हिंड्न सिकाएर उत्पादित बस्तुहरुको प्रदर्सन गर्न लगाएर उनिहरुको शरिरको बाहिरी सुन्दरताको तारिफ गरेर सम्मानित स्टेजमा गरिने सम्मानित महिला शोषण सुन्दरी प्रतियोगिता हो। १९६० को दशकपछी नारिबादी नारीमुक्तिको लामो संघर्स पछाडि भएको परिबर्तन पछि घरको चुलोचौको बाट बहिर निस्केका महिलाहरुमाथि साम्राज्यवाद पुँजिबादी शासकहरुले नारिहरुलाइ शोषण गर्न अपनाइएको नयाँ तरिका सुन्दरी प्रतियोगिता हो। महिलामाथी व्यावसायिक राजनिती र सुन्दरताको व्यापार गर्ने ब्यापारिहरु बिचको सम्बन्धलाइ प्रोत्साहन गर्ने सरकारको राजनितिक आर्थिक गतिबिधीको सन्तुलनलाइ मिलाउंदै महिलामाथी गरिने सम्मानित महिला हिशां हो । सुन्दरता आफैंमा सुन्दर कुरा हो।

         शान्ति गजमेर

तर महिलाको शारीरिक बनावट,उचाइ,मोटाइ,तौल,रंग लगाएत शरिरको सम्पुर्ण अंगहरुले पुरुशलाइ आकर्षण पार्ने र बजारमा उत्पादित बस्तुहरुको बिज्ञापन गर्ने उपभोक्ताबादिहरुको बित्तिय पुँजिको खेल खेल्ने विश्व संस्कृतिलाइ नेपालमा पनि धुमधामका साथ आयोजना गरेर आकर्सक मोडेल तयार पार्ने चलन अब नेपालमा पनि अनौठो रहेन। संस्कार र संस्कृतीको धनी हाम्रो देशमा सामाजिक साँस्कृतिक आर्थिक शैक्षिक रुपमा पछाडी परेको मुलुकमा पस्चिमा सभ्यताको बिकास गरेर आधुनिकताको नामम महिलाकै प्रयोगबाट महिलाबादी पक्षहरुको प्रतिभा देखाउने बहानामा महिला मुक्तिको झुटो भ्रम छरेर महिलाकै शरिरको नाफाघाटाको मोल गर्ने या बिकृभाउ गर्ने एउटा सामाजिक मान्यता प्रप्त महिला हिंसा हो सुन्दरी प्रतियोगिता। नत्र बिश्वबजारको बिग्यापन महिलाको शरीर प्रदर्सन गरेर मात्र किन गरिन्छ। पुरुष हरुको किन प्रदर्शन गरिंदैन?? बाहिरी सुन्दरतालाइ मात्र सुन्दरताको परिभाषित गरेर आयोजक समुहको सिमित फर्म्याटमा रटाइएको सिमित प्रस्नहरुको सिमित उत्तरमा सहभागी प्रतियोगीहरुको बौद्धिकताको मापन गरिन्छ र उत्पादक कम्पनी र ब्यापारिहरुको नजरमा परेको शारीरिक सुन्दरता भएका नारीहरुलाइ बिजेता बनाइन्छ र सुन्दरताको ताज लगाएर अघोसित उपभोग्य बस्तुको ट्याग लगाइन्छ। यसरी आयोजक कम्पनीले बजारमा माल बेचिरहन्छ नारिहरु शोषण भैरहन्छन। यसरि माहिलाहरुलाइ शृङारेर दिनैपिच्छे जस्तो बस्तुको बिकृ भाउगर्ने चलन पुर्बका गाउँशहरमा फस्टाउंदै गएको छ। यस्ता किसिमका गतिबिधिहरुले गर्दा महिला अधिकारको बिसयमा वकालत गर्ने महिलाबादी बिचारहरुमा समाजमा महिलाको अस्तित्वमाथी हजारौं प्रश्न बादल जसरी मडारिनु र बहस छलफलमा आउनु स्वभाविक हो। यसरी बाहिरी सुन्दरताको व्यापारको अगाडि वास्तविक भित्री सुन्दरता भएका नारिहरु जो समाज र रास्ट्रलाइ अतुलनिय योगदानले राट्रलाइ आमूल परिबर्तनको बाटोमा लगेका छन र बिश्वसामु नेपाललाइ चिनाइरहेका छ। त्यसको जिबित उदाहरणहरु शारिरिक अपांगता भएको मन बिचारले सुन्दर नारी झमक घिमिरे,साहित्यकार पारिजात,ओनसरी घर्ती जस्को योगदानले देशमा लोकतान्तृक गणतन्त्र स्थापित भएको छ। यस्ता सर्बगुण सुन्दरता भएका प्रतिभाहरुको पहिचान सम्मान र प्रोत्सान गर्न राज्य पनि त्यति सचेत छैन जति बस्तुगत भौतिक सुन्दरताको पछि समय र लगानी खर्छ गर्छ। आजको युगमा पनि हरेक दिनजसो बालबालिकाहरु किशोरी महिलाहरु बलात्कारको सिकार बन्नेगरेका छन,यौन दुर्ब्यभार र शोषणमा परेका छन,विभिन्न बहानामा मृत्युबरण समेत गरेका समाचारहरुको आतंकमाले त्रसित छौं। घर,स्कुल,मन्दिर,हाटबजार,मेलापात,यात्रा,अफिस कहिँपनि कसैबाट सुरक्षित छैनन। यी सबैको पछाडी महिलाको शरिरमाथी पुरुशको मात्र अधिकार हुन्छ भन्ने पुरुषवादी पितृसत्तात्मक हानिकारक सोंच र चिन्तनको काराण हो। यी सबै हानिकारक मान्यताहरुलाइ परिबर्तित भौतिक सुन्दरताको व्यापार गरि महिलाहरुलाइ पुतलिजस्तो सजाएर कामोतेजक बनाएर पुँजिबादी ब्यापारि बर्गको बजारमा सामान प्रदर्सन गर्ने मोडेल उत्पादन गर्ने दैनिकजसो हुने सुन्दरी प्रतियोगिता प्रमुख कारण हो। हरेकदिन हुने मिस सुन्दरी प्रतियोगिता गाउँटोल,समुदाय स्तर, वडा नगर, जिल्ला प्रदेश अनि रास्ट्रीय स्तरको सुन्दरी प्रतियोगिता हुने गर्छ त्यसका लागि सानोतिनो लगानिले सम्भव छैन । यसका लागि साना तथा ठुला ब्यापारिहरु उध्योगिहरु देखि बहुराष्ट्रिय कम्पनिहरुकी साथै राजनितिक आर्थिक गतिबिधिसंग सरोकार रहेका सबै पक्षहरुको समेत सहभागिता रहन्छ। तर महिलाहरुकालागी शिपमुलक आयमुलक कार्यक्रमहरु र क्षयमता तथा नेतृत्व बिकासका लागि कसैको ध्यान जाँदैन। क्षयमतावान महिलाहरुको पहिचान र सम्मान गर्न सबै सरोकारवाला निकायले अवसर प्रदान गर्न अझै कन्जुस्याइँ गरेकोछ। भएका योजना र कार्यक्रमहरु पनि फ्रीज भएर जाने गरेको यथार्थ छर्लङ्ग छ। यसरी आन्मनिर्भरतालाइ पन्छाएर आत्मनिर्भरतालाइ संस्थागत गरि ती कलिला युबतिहरुको कलितो मानस्पटलमा सुन्दरताको रङ भरिदिएर नारीमुक्ती नारिबादी समाजको कल्पना गर्नुको के अर्थ रहन्छ र? नारिहरुलाइ बस्तुकरण गर्ने उपक्रम बनाउने एउटा अस्त्रको रुपमा प्रयोग गरिने मोडेल उत्पादन गर्ने खेल बन्द गरेर महिलामा भएको क्षमता ,बौदिकता र भित्री सुन्दरताको पहिचान र सम्मान गर्न सकिएन भने महिला हिंसा झन बढेर जान्छ। यो त केबल नारा र भासणमा मात्र सिमित रहनेछ। यसका लागि महिलाहरुले पुरुशका लागि श्रृङ्गारिनु पुरुषहरूको उपभोगको बस्तु बन्नु हो यसरी पल पल पुरुषबाट शोषित हुनु हो भन्ने कुराको चेतना नभएसम्म सुन्दरी प्रतियोगिता पनि भईरहन्छ । र महिला हिंसाको स्वरुप फेरिन्छ तर अबस्था झन दर्दनाक बन्दै जानेछ।

तपाईको प्रतिक्रिया