इटहरी  । यस बर्षकोपर्वमा उल्लासमय बनाउन इटहरी एफएमले थाइल्याण्ड टुर अफर ल्याएको जनाएको छ ।एक विज्ञप्ती जारी गदै एफएमले दशैँ, तिहार, छठ लगायतका महान चाडपर्वलाई मध्यनजर गदै एफएमलाई शुभकामना विज्ञापन दिने ग्राहकहरु मध्ये एक जनालाई थाइल्याण्ड टुर लाने बताएको हो ।
कार्तिक महिनामा थाइल्याण्ड टुर जाने विज्ञापन दाताको छनौट गरी सप्तमीको दिन लक्की ड्र मार्फत दिईने इटहरी एफएमका अध्यक्ष तथा प्रबन्ध निर्देशक चेतन धमलाले बताएका छन । उनले भने लक्की ड्र मार्फत छनोट भएको बिजेतालाई ४ रात ५ दिनको थाइल्याण्ड टुरको ब्यवस्था हुनेछ । . आफ्नो निजी काम र किनमेल बाहेक इटहरीबाट हिँडेदेखि इटहरी आउँदा सम्मको खर्च एफएमकै हुने उनको भनाई थियो ।
विजेता थाइल्याण्ड जान नचाहे सोही रकम बिजेतालाई दिने एफएमले जनाएको छ । असोज २८ गते सम्म शुभकामाना विज्ञापन र भुक्तानी गरिसकेका विज्ञापन दातालाई मात्र लक्की ड्र मा सहभागी गराइनेछ एमएमले जनाएको छ । बिज्ञापन दाताहरुबाट पैसा लिने मात्र नभई उनीहरुलाई विदेश पठाउँने नयाँ योजना सुरु गरेको प्रबन्ध निर्देशक चेतन धमलाले बताए ।

तपाईको प्रतिक्रिया