प्रा.डा. शिशिर लाखे
वरिष्ठ अर्थेपेडिक सर्जन प्रा.डा. शिशिर लाखे ललितपुर भैंसेपाटीस्थित नेपाल मेडिसिटी अस्पतालमा कार्यरत हुनुहुन्छ । उहाँले अहिलेसम्म देशका विभिन्न ठाउँमा गरेर तीन हजार भन्दा बढीको घुँडाको सफल शल्यक्रिया गरिसक्नुभएको छ ।
अर्थोपेडिक अभ्यासमा डाक्टरले विभिन्न किसिमको हाडजोर्नीसम्बन्धी समस्याको उपचार गर्नुपर्ने हुन्छ । त्यसमध्ये मुख्यतः फ्र्याक्चरको उपचार र आर्थराइटिसको उपचार पर्दछन् ।
मल्टिपल फ्र्याक्चर÷पोलिट्रमा
साधारणतया लड्दा एउटा या दुईवटा हड्डी भाँचिन सक्छ तर, कहिलेकाँही सडक दुर्घटना वा भीर र रुखबाट लडेर शरीरका धेरै हड्डी भाँचिन सक्छन् । जस्तैः एउटै बिरामीको सडक दुर्घटनामा परेर ढाड, तीघ्रा, घुँडाका हड्डी भाँचिन सक्छ जसलाई मल्टिपल फ्र्याक्चर भनिन्छ । तर, हड्डी मात्र नभएर टाउकोको चोट वा आन्द्रामा चोट लागेमा त्यस अवस्थामा पोलीट्रमा भनिन्छ । यो अत्यन्तै गम्भीर चोट हो । कुनै बिरामीको हाडजोर्नीको मात्र समस्या भयो भने अर्थोपेडिक सर्जनले उपचार गर्न सक्दछन् भने पोलिट्रमाको अवस्थामा विभिन्न सङ्कायका विशेषज्ञ चिकित्सकहरूको आवश्यकता पर्दछ ।

ओस्टियो आर्थराइटिज
उमेर बढ्दै गर्दा शरीरको सबै अङ्गहरू पनि बिस्तारै बिग्रदै जान्छन् । यसैगरी उमेर बढ्दै गर्दा जोनीहरू पनि बिस्तारै खिइँदै जाने प्रक्रियालाई ओस्टियो आर्थराइटिज भनिन्छ । जब मानिस बढ्ने प्रक्रिया रोकिन्छ, तब हड्डीका समस्याहरू प्राकृतिक रुपमै सुरु हुन थाल्दछन् । यस प्रकारको समस्याहरू २० देखि २२ वर्षबाट सुरु हुने भएपनि ४० वर्षमाथि रोगका लक्षणहरू देखा पर्न थाल्दछन् । सुरु–सुरुमा दुःखाई कम हुने भएपनि पछि यो जटिल हुँदै जान सक्छ ।
यस प्रकारको समस्यामा प्राथमिक चरण दुःखाईको तीव्रता र अवधि कम हुन्छ भने रोग बढ्दै जाँदा तीव्रता र अवधि दुवै बढ्दै जान्छ । सुरुवाती बेलामा ओस्टियोआर्थराइटिजले उपचार फिजियोथेरापी र पेनकिलर हो भने मध्यावधिमा पेनकिलर बढि खानुपर्ने, सुई लगाउनुपर्ने र कहिलेकाँही आर्थोस्कोपीको शल्यक्रिया । अन्त्यमा कुनै पनि उपचार पद्धतिबाट पीडामुक्त गर्न नसकिएको खण्डमा जोर्नी प्रत्यारोपणबाहेक अरु विकल्प रहँदैन ।

आर्थोस्कोपी
दौडिंदा, खेल्दा, दुर्घटनामा परेर घुँडाभित्रको नसा, वासर कार्टलेजमा भएको इन्जुरी दूरवीन पद्धतिबाट हेरेर गरिने शल्यक्रियालाई आर्थोस्कोपी भनिन्छ । यस पद्धतिबाट ओस्टियोआइटिसका कारण खिइएको जोर्नी, घुँडा मड्केको, नसा च्यातिएकार्टलेज बिग्रिएको र झिल्ली सुन्निएको, ट्रमा समस्या आदि उपचार गर्न सकिन्छ । यो काँध रहिपको जोर्नीमा पनि प्रयोग थालिएको छ ।
जोर्नीमा भाँचिएको कुरकुरे हड्डी निकाल्ने, नसा, राख्ने, सुन्निएको झिल्ली निकाल्ने आदि जस्ता काम यो आर्थोस्कोपी शल्यक्रियाबाट गर्न सकिन्छ ।

घँुडामा देखिने समस्या
घुँडामा विभिन्न किसिमका आर्थराइटिज देखिनसक्छ । यीमध्ये ओस्टियो आर्थराइरिस सबैभन्दा व्यापक छ । ओस्टियोबाहेक बाथरोग भन्ने बेग्लै किसिमको आर्थराइटिज पनि देखिन्छ । यसलाई अङग्रेजीमा रियोमोटोइड आर्थराइटिज भनिन्छ । ओस्टियो आर्थराइटिज जस्तो नभएर बाथरोग कम उमेरमा पनि देखिन्छ र लक्षणहरू बढी जटिल र उपचार पनि सोही अनुरुप रहन्छ । जोर्नी बिगार्नमा ओस्टियो आर्थराइटिज भन्दा बाथरोग बढी घातक छ । लामो समयसम्म कडा किसिमको औषधि खानुपर्ने हुन्छ जसले पूर्ण निदान गर्न नसकेपनि रोकथाम गर्न सकिन्छ । जोर्नी यति द्रूत गतिमा बिग्रन्छ कि औषधि उपचारबाट मात्र पार नलागेर शल्यक्रियासम्म जानुपर्ने हुनसक्छ । शल्यक्रियामध्ये आर्थोस्कोपीदेखि प्रत्यारोपण या जोर्नी फेर्नेसम्म गर्नुपर्ने हुनसक्छ ।

मेडिकल र सर्जिकल उपचार
जोर्नी समस्याको सुरुवाती उपचार औषधिबाट हुन्छ । औषधिले दुःखाई कम गर्छ । यसका अलावा फिजियोथेरापी गरिन्छ । फिजियोथेरापीले घुँडा वरीपरीको मांसपेशीलाई द¥हो बनाउँछ । यसरी द¥हो भएको मांसपेशीले घुँडालाई सपोर्ट गर्नासाथ दुःखाई उपचारको ठूलो भूमिका हुन्छ । फिजियोथेरोपी सबै स्टेजका बिरामीहरूले गर्नुपर्छ । शल्यक्रिया गरिसकेका बिरामीले पनि फिजियोथेरोपी गर्नुपर्छ । यदि पेन किलर औषधीले तत्काल दुःखाई कम नभएमा सुइ लगाइन्छ । बिरामीको अवस्था र स्टेज हेरेर एउटादेखि तिन ओटासम्म सुई लगाउने गरिन्छ । यसले व्यक्तिको अवस्थाअनुसार ६ महिनादेखि पाँच वर्षसम्म काम गर्नसक्छ ।

जोर्नी प्रत्यारोपण
जब जोर्नी बिग्रेर अन्तिम अवस्थामा पुग्दछ र कुनैपनि उपचार पद्धतिले बिरामीलाई पीडामुक्त गराउन सक्दैन तब आजको युगको उपचार पद्धतिले जोर्नी प्रत्यारोपणको विकल्प दिएको छ । जोर्नी प्रत्यारोपण गर्दा जोर्नीको बिगे्रको भागलाई निकालेर त्यसको ठाउँमा कृत्रिम जोर्नी राखिन्छ जुन धातु र प्लाष्टिकजन्य पदार्थबाट बनेको हुन्छ । जोर्नी प्रत्यारोपण शल्यक्रिया प्रायजस्तो घुँडा र हिपमा गरिन्छ । यसले पीडित बिरामीहरूको कल्याणमात्र नभई नवजीवन नै दिएको छ ।

काँध दुख्ने समस्या
सडक दुर्घटना एवं कम्प्लेक्स चोटका कारण टेन्डन नसा च्यातिएमा काँध दुख्नसक्छ । उमेर बढ्दै गएपछि रक्तसञ्चारको कमीका कारण सुन्नि सक्ने, दुख्ने, हातमाथि लैजान गा¥हो, कपाल कोर्न, नुहाउन गा¥हो हुनेजस्ता समस्या देखापर्दछन् । यस प्रकारका समस्या काँधमा रक्तसञ्चारको कमी, उमेर, हड्डीको समस्या एवं वंशाणुगत कारणले हुनसक्छ ।

उपचार
फिजियोथेरापीले निको नभएमा समस्याको प्रकृतिअनुसार आर्थोस्कोपी एवं ओपन सर्जरी गर्नुपर्छ । यी दुवै सर्जरीको परिणाम उस्तै आउँछ । शल्यक्रिया उपचारपछि ९० प्रतिशत सफल हुन्छ ।

तपाईको प्रतिक्रिया