पथरी भाद्र २० /पोखरामा सम्पन्न “तेश्रो मिष्टर बुल्समेन खुल्ला राष्ट्रिय शारिरिक सुगठन प्रतियोगिता” मा ८० केजि माथिको उपाधिमा प्रथम हुन सफल पथरी फिटनेश क्लवका प्रकाश राईलाई पथरी फिटनेस क्लवले सम्मान गरेको छ । रोजगारको सिल्सीलामा मकाउ 

बस्दै आएका राईले “तेश्रो मिष्टर बुल्समेन खुल्ला राष्ट्रिय शारिरिक सुगठन प्रतियोगिता”को पुरुष लर्फ दोस्रो स्थान समेत हात पारेका थिए । पथरी फिटनेस क्लवका संचालक गणेश नेपालीको सभापतीत्वमा भएको सम्मान कार्यक्रममा वडा अध्यक्ष बाबुराम एङदेन र समाज सेवी धनकुमार तामाङले सम्मान गर्दै मायाको चिनो प्रदान गनु भएको थियो । सम्मानीत राईले स्वास्थ रहन खेलकुर र ब्यायम अनिवार्य रहेकोले सबैलाई ब्यायमका साथै प्रतियोगितामा भाग लिन अनुरोध गनु भएको छ । आफुलाई यस्तो सम्मान र पदकले गर्दा अझै हौसला बढेकोले आफु स्वास्थ रहन र आफ्नो ठाउ, देशको
 नाम राख्न सकिने भएकाले पनि आफु बिदेशमा रहर दैनिक ब्यायम गरेकोले आज सो उपाधी पाउन सफल भएको बताउनु भएको छ । रोजगारको सिलसिलामा हाल मकाउ बस्दै आउनु भएका मोरङ पथरीशनिश्चरेका प्रकास राई १० दिनको छुटिमा सो प्रतियोगितामा भाग लिन आउनु भएको हो ।  २०५५ देखी ५९ साल सम्म नेपालमा हुदा मिष्टर उर्लाबारी, (च्यामपेन) मिष्टर कोशी (तेस्रो) र मिष्टर पुर्वाञ्चलमा चौथो स्थान हात पारी सकेका छन भने ओपन सन २०११ मा मकाउमा तेस्रो, २०१४ मा हङकनमा नेपालको प्रतिनिधित्व गदै टप टेन, नेपालको धर्म श्री मा दोस्रो भएका राई राष्ट्रले कुनै चासो सपोट नदिएको कारण आफु बिदेशिनु परेको र खेलको नसाले आफु बिदेशमा रहेर पनि आफ्नो ठाँउ र देशको प्रतिनिधित्व गर्दै आफ्नौ लगानिमा प्रतियो गितामा भाग लिने गरेको उहाको भनाई छ । आफुलाई मकाउमा रहदा नेप्लीज बडि विल्डीङ एसोसेसनको सहयोगले बिभिन्न देशमा भएको प्रतियोगीलामा भाग लिने अवसर प्राप्त भएको राईले जानकारी दिए । सम्मान कार्यक्रममा राई आफ्नो शरिरिक सुगठन प्रदशन गरेर देखाउनु भएको थियो । सो प्रतियोगितामा काठमाडौ नेपाल व्यायम मन्दिरका मिलन बिक्रम सिजापती तेश्रो मिष्टर बुल्समेन च्याम्पियन बनेका छन ।

तपाईको प्रतिक्रिया