इटहरी । नेपाली हिन्दु महिलाहरुको महान पर्व तिजलाई लक्षित गरी तिज विशेष कार्यक्रम गर्ने कार्यलाई राजनैतिक दल आवद्ध महिला संगठनहरु प्राथमिकता दिने गरेका छन । यही क्रममा नेपाली काग्रेस निकट नेपाल महिला संघ इटहरी उपमहानगरपालिका समितीले पनि तिज विशेष कार्यक्रमको आयोजना गरेको छ ।

नेपाल महिला संघकी केन्द्री अध्यक्ष डिना संग्रौलाको प्रमुख आतित्यतामा इटहरीमा आयोजित तिज विशेष कार्यक्रममा महिलाहरु दर खुवाइने देखि तिज विशेष सांगितक कार्यक्रम गरी मनाइएको हो । महिला संघकी इटहरी अध्यक्ष दुर्गा खड्काको संयोजकत्वमा आयोजना गरिएको तिज विशेष कार्यक्रममा प्रतिनिधीसभाकी सदस्य नवोदिता चौधरी , प्रदेस नम्वर १का प्रतिपक्षि दलका नेता राजिव कोइराला , संघिय ससंदका सदस्य सिताराम मेहता , संघकी सुनसरी अध्यक्ष विजया कटुवाल लगायतले तिजको शुभकामना दिएका थिए ।

तपाईको प्रतिक्रिया