सुन्दरहरैचा / मोरंग जिल्लाको सुन्दरहरैचा नगरपालिका-०७ स्थित गछिया खोलामा अवैध रुपमा वालुवा गिटी निकाली जंगलको काश घारीमा लुकाई छीपाई राखेको अवस्थामा ५ वटा ट्याक्टरलाई भाद्र १७ गते प्रहरीले नियन्त्रणमा लिएको छ। नियान्त्रणमा लिईएको सवारी साधनहरुमा को.२ त ६७०० र को २ त.६३८२ नम्बरको ढुंगा लोड गरिएको , को २ त ६८४९ नम्बरको खाली साथै को.२ .त. ७५४९ नम्बरको र को २ त .६९१९ नम्बर को बलुवा लोड गरेको ट्याक्टर रहेका छन्। आइतबार साझ अन्दाजी ५:४५ बजेको समयमा अवैध रुपमा बलुवा साथै ढुंगा लोड गरेर लुकाईएको अवस्थामा प्रहरी चौकी गछियाबाट प्रहरी नायक निरीक्षक जिल्ला प्रहरी कार्यलय गछियाबाट प्रहरी नायक निरीक्षक अर्जुन कुमार खत्रीको टोलीले ५ वटा ट्याक्टर नियन्त्रणमा लिईएको सो ट्याक्टर चालकहरु नरहेको अवस्थामा फेला परेको कुरा प्रहरी नायक निरीक्षक अर्जुन कुमार खत्रीले जानकारी गराएका छन्।।।

तपाईको प्रतिक्रिया