इटहरी/ अब्यवस्थित पसल, सवारीसाधनको पार्किङ्ग , सडकमा भएका निमार्ण सामाग्री तथा बाटैमा बिभिन्न किसिमका ब्यवसाय गर्नेहरुका कारण सडक अस्तब्यस्त बन्दै आएको महेन्द्र र कोशी राजमार्गको इटहरी मा सडक पेटी व्यवस्थापन सुरु गरीएको छ । पुर्वकै एक प्रमुख व्यापारीक केन्द्रका रुपमा विकसित वन्दै आएको इटहरी उपमहानगरपालिकाको बजार क्षेत्रमा व्यवस्थित पार्किगं स्थल बनाउने कार्य तिव्र सुरु भएको छ । इटहरीको मुख्य चौक तथा बजार क्षेत्रमा सडकपेटी समेत अतिक्रमण हुदै आएको समयमा इटहरी उपमहानगरपालिकाको पहलमा अतिक्रमण हटाई पार्किगंलाई व्यवस्थित वनाउने कार्य गर्न थालिएको हो । सुनसरी ईटहरी उपमहानगरपालीकाले अतिक्रण गरीएका सडक खाली गरी चौडा पार्ने अभियानको थालनी गरेको छ । पुर्वमा मोरगंको सिमाना बुढीखोला देखी सुरु गरीएको यो अभियान पुर्वपश्चीम राजमार्गको दुवैपटी साढे ८२ फिट खाली पार्न थालीएको छ । नगरको सौन्दर्ययता वढाउन र दुर्घटना न्युनिकरण गर्न स्थानीय सरकार नगरपालीकाले सडक सफाई अभियान थालनी गरेको हो । पुर्वकै एक प्रमुख व्यापारीक केन्द्रका रुपमा विकसित वन्दै आएको इटहरी उपमहानगरपालिकाको बजार क्षेत्रमा व्यवस्थित पार्किगं स्थल बनाउने कार्य तिव्र सुरु भएको छ । इटहरीको मुख्य चौक तथा बजार क्षेत्रमा सडकपेटी समेत अतिक्रमण गरी पार्किगं गर्ने कार्य हुदै आएको समयमा इटहरी उपमहानगरपालिकाको पहलमा अतिक्रमण हटाई पार्किगंलाई व्यवस्थित वनाउने कार्य गर्न थालिएको हो । इटहरीमा पुर्व पश्चिम राजमार्गका साथै कोशी राजमार्गमा अव्यवस्थित रुपमा सडक पेटी अतिक्रमण गरी फुटपात पसल सञ्चालन गर्ने ,सवारी साधन पार्किगं गर्ने कार्य हुदै आएको विभिन्न किसिमका सामानहरु राख्ने कार्यलाई हटाउने कार्य समेत सुरु गरिएको छ ।  

ईटहरी उद्योग वाडीज्य संघका वरीष्ट उपाध्यक्ष शैलेस विष्टले नगरमा अब्यवस्थीत भएको पार्किगको समस्या र पैदल यात्रुले सास्ती ब्योहोर्नु परेको कारणले सडकको दुवै पटी खाली गरीएको वताउनु भएको छ । पछिल्लो समय ईटहरी नगरको ट्राफीक ब्यवस्था अस्तब्यस्त भएको र नगरको सौन्दर्य पनि हरायदै गएको कारणले सडकको अधिकार भित्र पर्ने साढे ८२ क्लीयर गरेको ईटहरी उपमहानगरपालीकाका उपमेयर लक्ष्मी गौतमले वताउनु भएको छ । उपमहानगरपालीकाका मेयर द्धारीकलाल चौधरीीले नगरको सौन्दर्यता वढाउनको लागी सडक क्षेत्रको साढे ८२ फिट खाली गर्न आवस्यक रहेको वताउनु भएको छ । पार्किगंका लागि प्रयाप्त ठाँउ नभएको कारण इटहरी बजार क्षेत्रमा जथाभावी रुपमा सवारी साधनहरु पार्किगं गरिदै आएका छन । त्यसैलाई मध्यनजर गर्दै इटहरी उपमहानगरपालिकाले सरोकारवाला निकायहरुसंग समन्वय गरी बजार क्षेत्रको सडक पेटी र सडक आसपासको क्षेत्र सफाई गरी खाली गराउने काम गर्दै आएको छ । सडक पेटी अतिक्रमण हटाउने कार्यमा स्थानियवासी ,उद्योगी व्यवसायी,टाफिक प्रहरी, विभिन्न संघ सस्थाले समेत सहयोग पुर्याउदै आएका छन । इटहरी क्षेत्र विगत केही वर्ष यता देखि सडक किनारामा अतिक्रमण गरी पसल चलाउने, जथाभावी पार्किगं गर्ने जस्ता कार्यले पैदल यात्रीहरुलाई समस्यामा पर्र्दै आएका थिए ।

तपाईको प्रतिक्रिया