इटहरी । इटहरी उपमहानगरपालिकाको न्यायिक समितिमा परेका पचास प्रतिसत भन्दा वढी उजुरीहरुको मेलमिलाप भएर समाधान गरिएको छ ।

न्यायिक समितिमा परेका विभिन्न प्रकृतिका दुई सय ३४ उजुरी मध्ये एक सय २६ वटा मेलमिलापबाट समाधन गरिएको उपमहानगरपालिकाले जनाएको हो । न्यायिक समितिमा परेका उजुरीहरुलाई दुवै पक्षलाई छलफल गराई मेलमिलाप गराएको उपमहानगरपालिकाकी सामाजिक विकास शाखाकी प्रमुख माया राईले जानकारी दिइन । उनले दुवै पक्ष सन्तुष्टी हुने गरी मेलमिलाप गराउने निती अनुसार मेलमिलाप सहजकर्ताको सहयोगमा मेलमिलाप गराइएको वताइन ।

इटहरी उपमहानगरपालिकाको न्यायिक समितिमा सबै भन्दा वढी एक सय ६० घरजग्गा सिमा विवाद, छिमेकी विवाद ,बाटो विवाद , अंश , लगायतका झगडा रहेको समेत तथ्याँकले देखाएको छ । त्यसै गरी नगद लेनदेन , ऋण असुली २४ वटा , छोराबुहारीले नहेरेको ,सम्पती बाडफाड परिवार जस्ता घरेलु हिंसा २३ वटा अंश ,विवाह दर्ता नगरेको ,मासिक खर्च नदिएको १८ वटा , यौन शोषण एउटा , सम्वन्ध विच्छेद आठ गरी कुल दुई सय ३४ उजुरी परेको उपमहानगरपालिकाको तथ्याँकमा उल्लेख गरिएको छ । वडागत तथ्याँक अनुसार सवै भन्दा वढी वडा ५मा ३२ उजुरी र सवै भन्दा कम वडा नम्वर १५ परेको समेत तथ्याँकले देखाएको छ ।

तपाईको प्रतिक्रिया