सुनसरी भदौ सवारी आवतजावतमा सहजता हुने भन्दै इटहरीको टेँग्राखोलामा फुड ब्रिज बनाए पनि कुनै समस्या समाधान भएको पाईदैन । मुख्य पुल नै बन्न सक्ने आर्थिक लगानी गरी निर्माण गरिएको फुडव्रिजले पनि पुलको आवश्यकता टार्न नसक्दा चुनौती अझ थपीएको छ । साघुरो पुल,भाचिएको रेलिङ, खाल्डै खाल्डा,सवारीको अत्याधिक चापका कारण इटहरीको मुख्य वजारमा रहेको टेङ्ग्रा खोलाको पुलको अवस्था झन दयनिय बन्दै गएका ेछ । झण्डै ३ बर्ष लगाएर ठुलो लगानी गरी मुख्य पुलको दुवै तर्फ फुडव्रिज बनाइएको छ । तर त्यसले समस्या समाधान गर्न खासै मद्दत पुगेको छैन ।

मानिस हिड्न फुडव्रिज बनाइएको हो । तर सो फुडव्रिजमा मानिससँगै मोटरसाईकल र सिटी सफारी पनि सँगै गुड्न थालेपछि त्यहाँ पनि जाम हुन थालेको छ । जुन समस्या हटाउन खोजिएका थियो तर त्यो पनि पुरा हुन नसकेको स्थानियको भनाई छ ।

दैनिक सयौ सवारी ओहोर दोहोर गर्ने मुख्य राजमार्ग अन्तरगतको यो टेङ्ग्रा पुलको विषयमा सरोकारवाला निकायले देखे पनि नदेखे झै गदै आएको इटहरीबासीको गुनासो छ । पुल मर्मतमा कसैको ध्यान नजाँदा यो मान्छे मार्ने धराप जस्तै वनेको नागरिक समाज इटहरीका महासचिव राजु केसीले बताउनुभयो ।

जोखिममा रहेको पुल नै बन्न सक्ने लगानी फुडव्रिजमा गरियो जुन अहिले काम नलाग्ने भएका छन् । सरकारी निकायको गलत डिजाईनको असर अहिले सो पुल हुँदै यात्रा गर्ने सवैलाई थपिएको छ ।

सरकारी निकायको कमजोरीको कारण दैनिक हजारौले दुःख पाएको इटहरीका युवा विक्रम घिमिरे बताउनुहुन्छ । झारो टार्ने तरीकाले नभई दरो र मझवुद पुल वनाउनु पर्ने उहाँको भनाई थियो ।

पुल सागुँरो भएकाले सवारी आवागमनमा निकै कठिनाई हुने गरेको छ । पुलमा जाम हुदा आसपासको क्षेत्र समेत प्रभावित हुने गरेको छ ।
यता उपमहानगरपालीकाका मेयर द्धारीक लाल चौधरीले पटक पटर सडक विभाग लाई ध्यानकर्षण गराउदा पनि वेवास्था गरेको बताउनुहुन्छ । धेरै जोखिम वढेकाले अव उपमहानगरपालीकाले नै पुलको मर्मत गर्ने प्रतिवद्धता जनाउनुभयो ।
ठुल्ला ठुला खाल्डा र रेलिगं नै भाँचिएर कुनै पनि बेला दुर्घटना हुन सक्ने अवस्थामा पुगेको पुल निर्माणमा स्थानिय सरकार, प्रदेश सरकार र केन्द्र सरकारले ध्यान दिन जरुरी देखिएको छ ।

तपाईको प्रतिक्रिया