चन्दन रौनियार/सुनसरी भदौ १९ सुनसरी को दुहवी नगरपालिका वडा न १ प्रासटोकि बस्ने अनदाजि ४५ वर्षका सरिफ मिया र ६५ वर्षका हमिद मियालाई विशेस सुराकिको आधारमा घरबाटै पक्राउ गरिएको ईलाका प्रहरी कार्यलय दुहवीले जनाएको छ । प्रहरीका अनुसार हमिद मिया गांजा ओसार पोसार लामो समयदेखि गर्दै आएको अनुमान गरिएको छ भने विशेस सुराकिको आधारमा १७ गते दिउसो २ बजेको समयमा मियाको घरबाटै ३१२ ग्राम गांजा सहीत मियालाई पक्राउ गरिएको थियो । उता अरका गांजा वेपारि सरिफ मियालाई पनि गांजा सहित घरबाटै पक्राउ गरिएको इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक रामनरायण माझिले जनाएको छ ।

तपाईको प्रतिक्रिया