इटहरी । सरकारी बेवस्थाका कारण सुनसरीको इटहरीमा दुई दसक अघि स्थापित रेशम प्रशोधन केन्द्र अहिले प्रयोग बिहीन मात्र हैन मेशीन र उपकरण खिया लागेर कामै नलाग्ने अवस्थामा पुगि सकेका छन ।

नेपाल सरकारले किसानहरुका लागि राम्रो आम्दानीको स्रोत बन्ने ठहर गर्दै व्यवसायीक रेशम खेतीलाई जोड दिदै रेशम प्रशोधन केन्द्र २०५१सालमा स्थापना गरेको थियो । सुरुका केही वर्ष सम्म किसानहरुबाट रेशमको कोया संकलन गरि प्रशोधन गर्ने गरेको थियो । तर विगत केही वर्ष देखि रेशम खेती अत्यन्त कम हुन थालेपछि केन्द्र प्रभावित वन्दै आइरहेको थियो भने तिन वर्ष देखि केन्द्र पुर्णरुपमा काम बिहिन बन्दै आएको छ ।

करोडौको लगानीमा दक्षिण कोरिया सरकारको सहयोगमा स्थापित रेशम अनुसन्धान कार्यालय अन्र्तगत रहेको रेशम प्रशोधन केन्द्र रेशम उत्पादन हुन छाडेपछि प्रशोधनको कार्य पूर्ण रुपमा ठप्प बन्द कर्मचारीहरु दिन कटाउन समेत मुस्कील पर्न थालेको छ ।  रेशम प्रशोधन केन्द्रले तिन वर्ष अघि सम्म किसानहरुबाट उत्पादन भएको रेशम कोया खरिद गरी प्रशोधन गर्दै आएको थियोे । तर तिन वर्ष यता देखि प्रशोधनको काम हुन छाडेपछि दक्षिण कोरियाबाट ल्याइएको रेशम धागो प्रशोधन गर्ने उपकरणहरु खिया लागेर कामै नलाग्ने अवस्थामा पुगिसकेका छन । रेशमको कोयाको मुल्य विगत पाँच वर्ष देखि नबढेको कारण तथा रेशम खेतीमा लागेका युवाहरु बैदेशीक रोजगारीमा पलायन हुन थालेकाले पनि रेशम कोया उत्पादनमा हस आउन थालेको हो । बढी मात्रमा रेशम खेती हुने पुर्वी पहाडि जिल्लाका युवाहरु रेशम खेतीको विकल्पका रुपमा बैदेशिक रोजगारीलाई रोज्न थालेपछि रेशम खेती हुन छाडेको छ ।

पुर्वमा धेरै रेशम हुने भएका कारण इटहरीमा रेशम अनुसन्धान कार्यालय स्थापना गरि रेशम प्रशोधन केन्द्र समेत स्थापना गरी मुलुककै सवै भन्दा बढी उत्पादन तथा प्रशोधन गर्न सक्ने रेशम कोया प्रशोधन ब्वाईलर मेशिन तथा कोया उत्पादन कक्षमा माकुराले जालो लगाएको छ भने मेशीनहरु ीखया लागी काम नलाग्ने बन्न पुगेका छन । त्यसै गरी करोडौको रोलिङ्ग मेशिन पनि खिया लागेर पुन प्रयोगमा आउन नसक्ने गरी बिग्रीएर थन्कीएको छ ।  मोरङ्गको मधुमल्ला, इलाम र उदयपुरको बेलटार क्षेत्रका किसानहरुलाई रेशम कीरा पालनका लागि फूल उपलब्ध गराउने कार्य भने गर्दै आएको छ ।रेशम प्रशोधन केन्द्रमा  उपकरणहरु सवै खिया लागेर काम नलाग्ने अवस्थामा पुगेको तथा कतिपय उपकरण भएका कक्षमा चमेरोले बासस्थान बनाएको छ । दक्षिण कोरियाली प्रविधिबाट निर्माण भएका कार्यालयका विभिन्न कक्ष समेत लथालिगं अवस्थामा पुगेका देखिन्छन ।

तपाईको प्रतिक्रिया