विराटनगर / पूर्वमन्त्री तथा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) लाई बुद्धएयर बाट विराटनगर ल्याइएको छ । नेता प्रकाण्डलाई भोजपुर जिल्ला अदालतमा उपस्थित गराउन विराटनगर ल्याइएको हो ।

मोरङका प्रहरी प्रवक्ता डिएसपी निशान थापाको नेतृत्वमा गएको प्रहरी टोलीले पत्रकारलाई छल्दै एयरपोर्टको रनवेबाटै प्रहरी भेनमा हालेर लगेको हा । एयरपोर्टको यात्रु कक्षबाट नभई नेता प्रकाण्डलाई एयरपोर्टको पूर्व तर्फको सैनिक इलाकाको गेटबाट लगिएको हो। गत साउन २३ गते जबर्जस्ती चन्दा उठाएको आरोपमा पक्राउ परेका नेता प्रकाण्डलाई छाड्न

सर्वोच्च अदालतले पटकपटक आदेश दिइसकेको छ।

नेता प्रकाण्डलाई गत वर्षको प्रदेशसभा निर्वाचनका क्रममा पूर्वसञ्‍चारमन्त्री तथा हालका १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईको गाडीमा बम पड्काएको अभियोगमा अदालत उपस्थित गराउने तयारी भएको बुझिएको छ । प्रहरीले भने विभिन्न खालका मुद्दा लगाउँदै अदालतबाट छुटेलगत्तै उनलाई गिरफ्तार गर्दै आएको छ।

तपाईको प्रतिक्रिया