धरान ।  उपमहानगरपालिकाले सर्वसाधारणको ढाड सेक्ने गरी कर बढाएको भन्दै भदौ २ गतेबाट ¥याली, कोणसभा, उपमहानगरपालिका घेराउ लगायतका विरोधका कार्यक्रमक गर्दै आएको नेपाली कांग्रेस धरान नगर समिति र अन्य क्षेत्रीय पार्टीबीच एकताबद्ध आन्दोलन शुरु गरेका छन् ।

आन्दोलनको पहिलो दिन आज धरान उपमहानगरपालिका घेरा गर्ने र तालाबन्दी गर्ने कार्यक्रम भए पनि सुरक्षाकर्मीको बाक्लो उपस्थितिमा ताला लगाउन भने सकेन । उपमहानरपालिका अगाडि बृद्धि भएको कर खारेजीको माग गर्दै आन्दोलनलाई सशक्त र निष्कर्षमा पु¥याउन नेपाली कांग्रेस, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, मंगोल नेशनल अर्गनाइजेशन मोहन वैध समूहको नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी, जनसरोकार मञ्च नेपाल बीच एकताबद्ध भएर आन्दोलनमा उत्रिएका थिए ।

विहानैदेखि घेराउमा निस्किएका आन्दोलनकारी र धरान उपमहानगरपालिकाबीच अन्ततः आज चार बजे वार्तामा बस्ने सहमति भएको छ । धरान उपमहानगरपालिकाको तर्फबाट उपमहानगरपालिकाकी कार्यवाहक प्रमुख मञ्जु भण्डारी सुवेदीको लगायत अन्य कर्मचारी र आन्दोलनकारीका तर्फबाट ५ सदस्यीय वार्ता समिति बनेको छ ।

धरान उपमहानगरपालिकाले घरबहाली कर, सम्पत्ति कर, व्यवसायिक कर लगायतमा १ देखि १९ सय प्रतिशतसम्म कर वृद्धि गरेको भन्दै आन्दोलनमा उत्रिएका उनीहरुले ०७४÷०७५ मा बढाइएको भन्दै खारेजीको माग गर्दै आइरहेको छ भने धरान उपमहानगरपालिकाले भने उपमहानगरपालिकाले समय सुहाउदो वैज्ञानिक कर वृद्धि गरेको बताउदै आएको छ ।

तपाईको प्रतिक्रिया