इटहरी । पुर्वी नेपालमा रहेर लामो समयदेखि पत्रकारीता गरिरहनु भएका सञ्चारकर्मी सचिन पोख्रेल प्रवल जनसेवा श्री पदकबाट बिभुसित हुनु भएको छ । राष्ट्रपति कार्यलयमा आयोजना भएको एक कार्यक्रमका बिच राष्ट्रपति बिद्यादेबि भण्डारीको हातबाट बिभुषित हुनु भएको हो ।
पत्रकारीता क्षेत्रमा योगदान गर्दै आएका एभिन्युज खबरका पुर्वाञ्चल ब्युरो प्रमुख तथा गोरखापत्रमा समेत आवद्ध रहेका पोखे्रलले बिगतमा समेत गोरखा दक्षिण बाहु पदकबाट सम्मानित भई सकेका छन् ।
बिभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय पदकबाट सम्मानित भई सकेका पोख्रेलले पुर्वी नेपालका बिभिन्न सामाजिक संघस्थाहरुमा समेत योगदान दिदै आईरहेका छन् । त्यसैगरी बिभिन्न बरिष्ठ ब्यतित्व, सञ्चारकर्मी लगायतलाई बिभिन्न पदकबाट बिभुषित गरिएको छ ।

तपाईको प्रतिक्रिया