नेपाल प्राकृतिक रुपमा सुन्दर मनोरम दृष्यहरुले सिगारिएको मुलुक हो । यिनै आर्कषक मनोरम प्राकृतिक छटाहरुको अवलोकन र अध्ययनका लागि विश्वका विभिन्न मुलुकहरुवाट पर्यटकहरु नेपाल आउने गरेका छन । विशेष गरी अन्य मुलुकवाट प्राकृतीक सुन्दरता र मनोरम दृष्यको अवलोकनका लागि वाह्य पर्यटकहरुले पुर्व योजना वनाएर नै आउने गर्दछन । वाह्य पर्यटकहरुलाई आकर्षित गर्न त्यस ठाँउका विषयमा प्रयाप्त प्रचारप्रसार हुन जरुरी छ । तर कतीपय पर्यटकीय संभावना वोकेका ठाँउहरु प्रचारप्रसारको अभावमा ओझेलमा पर्ने गरेका छन । पुर्वी नेपालमा पनि आन्तरीक तथा वाह्य पर्यटकहरुका लागि धेरै गन्त्य स्थलहरु समेत रहेका छन । त्यस मध्ये पुर्वकै केन्द्र विन्दुको रुपमा विकसीत वन्दै आएको तालतलैया क्षेत्र पनि प्रसस्त संभावना वोकेको पर्यटकीय स्थलको रुपमा विकसीत वन्दै आएको छ । केही वर्ष अघि देखि मात्र प्रचारप्रसारमा आउन थालेको तालतलैया क्षेत्रमा वाह्ै महिना आन्तरीक पर्यटकका साथै छिमेकी मुलुक भारतवाट पनि पर्यटकहरु आउने गरका छन ।

सुनसरीको इटहरीमा अवस्थित तालतलैया विभिन्न प्राकृतिक वातावरणले सुसज्जित भएपनि यसको बारेमा कमैलाइै मात्रमा जानकारी रहेको छ तर प्राकृतिक सम्पदाले भरीएको यस क्षेत्रलाई पूर्वकै नुमना पर्यटकीय स्थलको रुपमा विकास गर्ने उदेश्यले पुर्ननिर्माण थालिए पछि अहिले यसको मुहार नै फेरिएको छ भने अवलोकनका लागी आउनेको ठुलो भिड नै लाग्ने गरेको छ ।

एक, दुई बर्ष अघि सम्म इटहरीमा रहेको तालतलैया बनभोज खाने र समान्यतया रमाइल गर्ने खुल्ला स्थानको रुपमा रहदै आएको थियो । प्राकृतिक ताल,बनजंगल , विभिन्न थुम्काथम्की, बोट विरुवाहरुले सुसज्जित, विभिन्न बन्यजन्तुहरु रहेको भएपनि त्यसको खासै उपयोग हुन सकेको थिएन । विकासको प्रशस्त सम्भावना बोकेको यस ठाउको विकास गर्न खासै चासो दिएको थिएन तर इटहरी नगरपालिका तथा तालतलैया विकास तथा संरक्षण समितको पहलमा यसको पुर्ननिर्माण थालिएपछि यसले आफ्नो मुहार फरेको छनै अर्को तर्फ गर्दा हुने रहेछ भन्ने कुरा पनि देखाएको छ ।

अहिले विभिन्न लोपोन्मुख अवस्थामा रहेका ति जनावरहरुका लागी उनीहरुको सुहाउँदा बस्ने स्थानको व्यवस्था मिलाएको । हरिण, जरायो, बादर , अजिगर, चिल गिद्ध, टर्की, लगायतका एक दर्जन बढि पंक्षी तथा जनावरहरुलाई उनिहरुको प्रजाती अनुसारको बस्ने स्थानको व्यवस्था मिलाइएको छ । अफिस कोठाको साँधुरो स्थानमा खुम्चीएर बसेका जनावरहरु अहिले बाहिर खुल्ला स्थाना खुसीले उर्फन थालेका छन् । जसबाट अवलोकनका लागी आउनेहरुले पर्यटकहरुले रमाइलो लिईरहेका छन् ।

अर्कोतर्फ बालबालिकाहरुको लागी विशेष व्यवस्था सहितको चिल्डे«न पार्कको निर्माण पनि गरिएको छ । पार्कमा बालिबालिहरुलाई खेल्नको लागी चिप्लेटी , पिङ्, चकाचुली,का साथ रमाइलो पानी फाहोरा पनि निर्माण गरिएको छ । यसबाट बालबालिकाहरु थप आकर्षित हुने गरेका छन् ।

तपाईको प्रतिक्रिया