भदौ १८/ भरतपुर महानगरपालिका २१ पार्वतिपुरमा रहेको सनलाईट ईङ्ग्लिस स्कुलको बसले ठक्कर दिँदा एक छात्राको मृत्यु भएको छ ।

सोही स्कुल पढ्ने भरतपुर महानगरपालिका २१ सितापुरकी पाँच बर्षिया सम्झाना मिजारलाई ग १ ख ३२३२ नम्वरको बसले ठक्कर दिँदा उनको मृत्यु भएको हो ।

आज दिँसो सवा ४ बजे बसबाट झारेर घरलैजाने क्रममा सोही वसले भरतपुर महानगरपालिका १४ भावना चोकमा ठक्कर दिएको हो ।

गम्भिर घाईते उनको भरतपुर अस्पतालमा उपचार गर्नका लागि ल्याउँदै बाटोमा नै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख बेदप्रसाद गौतमले जानकारी दिनु भयो ।

तपाईको प्रतिक्रिया