धरान, १८ भदौ/  तीजको पूर्व सन्ध्यामा महिला सञ्जाल धरानले महिलाहरुले उत्पादन गरेको सामाग्रीको प्रचार प्रसार र बजारको खोजीगर्दैै तिनदिने महिला उद्यमी मेला ०७५ को आयोजना गरिएको छ ।
धरान १० सैनिकभवनमाभएको मेलामामहिलाहरुले स्थानीय स्तरमा आफै उत्पादन गरेको ढाकाको कपडा, खाद्यान्न, चप्प्ल, साडी, हाते झोलालगायतका सामाग्रीका २० वटा स्टल रहेका छन् ।
शनिवारदेखि सोमबारसम्म सञ्चालनभएको मेलाको मुख्य उद्देश्य नेपालीमहिलाहरुको महान चाड हरितालिका (तीज) लाई लक्षित गरी स्थानीय स्तरमै उद्यमीमहिलाहरुले उत्पादन गरेको सामाग्रीको बजारको खोजी रहेको महिला सञ्चाल धरानकी बरिष्ठ उपाध्यक्ष चेतनाश्रेङले बताउनुभयो । मेलामाविराटनगरको चम्पा सु सेन्टर, हातेमालो उद्यमी समूह, समानता नेपाललगायतले उत्पादन गरेकाविभिन्नजातीय परिकार, सामाग्री राखिएका छन् ।महिलाहरु सौन्दर्यमा धेरै ध्यानदिने भएकोले सौन्दर्य सम्बन्धी सामाग्रीमा करोडौ रुपैया विदेसिने वर्तमान समयमामहिलाहरुले आफूहरुले नै उत्पादन गरेको सामाग्रीको बजारको खोजी गरी मुद्राविदिसिन रोक्ने नीति सरकारले ल्याउनुपर्ने प्रदेश नंं १ की सभासदउमिता बराइलीले बताउनुभयो ।
महिलाको यो कार्यको प्रदेशसभाका सभामुखप्रदीप भण्डारीले समेत प्रशंशगर्नुभएको छ । महिलाहरुको वृतिविकास, हकअधिकारकाविषयमानिरन्तर लड्दै आएको महिला सञ्जालले महिलाहरुलाई आत्मनिर्भर बनाउनउद्यामीमहिलाहरुलाई समेटेर मेलालगाएकोमाप्रशंसा गर्नुभयो ।
महिलाहरुलाई आत्मनिर्भर बनाउन र फजुलखर्चबाट जोगाउन यो मेलालगाइएको सञ्जालकीअध्यक्ष सविता राईले बताउनुभयो । राज्यको हरेक क्षेत्रमाअहिले महिला सहभागिता रहेको वर्तमानअवस्थामा राज्यले समेत उद्योगमीमहिलाहरुको सकारात्मककामलाई प्रोत्साहन र सहयोग गर्नुपर्ने उद्यमीमहिलाहरुको समेत भनाई छ ।

तपाईको प्रतिक्रिया