इटहरी / श्रीकृष्ण जन्माष्ठमीको भोेली पल्ट आज पुर्वी नेपालका विभिन्न ठाँउहरुमा रथ यात्रा गर्ने गरीन्छ । इटहरीको राधाकृष्ण शिव मन्दिरबाट समेत श्रीकृष्णको रथयात्रा गरीएको हो । राधाकृष्ण शिव मन्दिरवाट निकालिने रथयात्रामा इटहरीका मुख्य बजार क्षेत्र परिक्रमा गर्ने गरिएको छ।

रथयात्रामा ठुलो संख्यामा भक्तजनहरुको सहभागिता हुने गरेको छ । रथयात्राका क्रममा श्रीकृष्णका भर्जनकिर्तन गर्दै नाचगान सहित सहभागी हुने गरेको देखिन्छ । श्रीकृष्ण जन्मअष्ठमीका दिन भजनर्कितन सहित पुजाआर्चना गर्ने र भोली पल्ट रथयात्रागर्ने गरिन्छ । त्यसै गरी श्रीकृष्णको रथयात्रा सुनसरी सदरमुकाम इनरुवामा रहेको राधाकृष्ण मन्दिरबाट समेत निकाल्ने गरिएको छ । मोरगंको विराट चौकमा रहेको श्रीकृष्ण प्रणामी मन्दिरबाट समेत रथयात्रा निकाल्ने गरिएको छ । पछिल्ला केही वर्ष यता देखि कृष्ण मन्दिर रहेका ठाउँहरुका भक्तजनहरुले श्रीकृष्ण जन्माष्ठमीको भोली पल्ट रथयात्रा निकाल्ने गरेका छन ।

श्रीकृष्ण जन्मष्ठमीको अवसरमा मोरगंको विराटनगरमा विश्वै दोस्रो ठुलोे रथयात्रा निकाल्ने गरीन्छ । विस १९८८ देखि निकाल्न थालिएको विराटनगरको रथयात्रा परिमाजीत हुदै नयाँ स्वरुपको रथको प्रयोग गर्न थालीएको छ ।

विराटनगरमा हुने रथयात्रामा नेपालका विभिन्न ठाँउका साथै छिमेकी मुलुक भारतवाट समेत श्रद्धालु भक्तालुहरु सहभागी हुने गर्दछन ।
केही वर्ष अघि सम्म पुर्वको विराटनगरमा मात्र हुदै आएको रथयाात्रा पछिल्ला केही वर्ष देखि प्रायः सवै ठाँउमा निकाल्न थालीएकोे छ । भगवान श्रीकृष्णको जन्म दिनका अवसरमा पुर्वी नेपालका विभिन्न ठाँउमा पुजा आरधना भजन किर्तन गरी धुमधामका साथ मनाइएको छ भने आज भक्तीपुर्वक श्रीकृष्णको रथ यात्रा गर्ने गरिन्छ ।

तपाईको प्रतिक्रिया